कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जापानमा १८ लाख डलरको हिरा चोरी

एएफपी

टोकियो — जापानको राजधानी टोकियो बाहिर आयोजित गरगहना व्यापार प्रदर्शनीको क्रममा १८ लाख अमेरिकी डलर बराबरको बहुमूल्य हिरा चोरी भएको छ । हिरा चोरी भएपछि जापानी प्रहरीले शुक्रबार खोजी कार्यलाई तीव्र बनाएको छ ।  

जापानमा १८ लाख डलरको हिरा चोरी

टोकियोका प्रहरी प्रवक्ताले प्रदर्शन स्थलबाट चोरी भएको बहुमूल्य हिरा खोज्न प्रहरी परिचालन गरिएको जानकारी दिए । योकोहामा सहरमा तीन दिने गरगहना प्रदर्शनीका क्रममा हिरा चोरिएको हो ।


यो हिरा करिब ५० क्यारेटको थियो । यहाँ जापान, रुस, चीन र अरु मुलुकका बहुमूल्य गरगहना प्रदर्शनमा राखिएका थिए ।


जापानको सरकारी टेलिभिजन एनएचकेका अनुसार जापानी कम्पनीको यो हिरा चोरिएपछि प्रदर्शनी स्थलमा खैलाबैला भएको थियो ।


प्रकाशित : कार्तिक ८, २०७६ १५:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?