कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेलायतमा एक कन्टेनरभित्र ३९ शव फेला,चालक पक्राउ

एजेन्सी

लन्डन — बेलायतको एसेक्सस्थित वाटरग्लेड औद्योगिक क्षेत्रको पूर्वी सडकमा राखिएको एउटा लरीको कन्टेनरभित्र ३९ वटा शव फेला परेका छन् । शवहरु मध्ये ३८ जना वयस्क र एक जना किशोरको रहेको बताइएको छ । 

बेलायतमा एक कन्टेनरभित्र ३९ शव फेला,चालक पक्राउ

प्रहरीका अनुसार उक्त लरी बल्गेरियाबाट होलिहेड हुँदै शनिबार बेलायत छिरेको थियो । हत्याको आशंकामा प्रहरीले नर्दन आयरल्यान्डका २५ वर्षीय लरी चालकलाई पक्राउ गरेको छ ।


शवहरुको पहिचान गर्ने प्रयास भइरहेको एसेक्स प्रहरीले जनाएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले घटनाबाट आफू स्तब्ध भएको बताउँदै घटनाबारे निरन्तर जानकारी लिइरहेको जनाएका छन् । प्रहरीले औद्योगिक क्षेत्र बन्द गरेर घेराबन्दी गरेको छ ।

राष्ट्रिय अपराध अनुसन्धान विभागले घटनाबारे छानबिन गर्नका लागि अनुसन्धान अधिकृतहरु त्यस क्षेत्रमा खटाइएको जनाएको छ ।

यसअघि सन् २००० मा ५८ जना चिनियाँ आप्रवासीको शव लरीको पछाडि फेला पारिएको थियो । डोभरमा भएको उक्त घटनामा दुई जना भने जीवितै थिए ।

प्रकाशित : कार्तिक ६, २०७६ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?