कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पोलिस र अस्ट्रियालीलाई नोबेल साहित्य

एपी

स्टकहोम — पोल्यान्ड र अस्ट्रियाका साहित्यकारलाई सन् २०१८ र २०१९ को साहित्यतर्फको नोबेल पुरस्कार दिइने भएको छ ।

पोलिस र अस्ट्रियालीलाई नोबेल साहित्य

बिहीबार गरिएको घोषणाअनुसार सन् २०१८ का लागि पोल्यान्डकी लेखिका ओल्गा टोकारजुक र २०१९ का लागि अस्ट्रियाली लेखक पिटर हान्डकेलाई साहित्यतर्फ नोबेल पुरस्कार प्रदान गरिने भएको हो ।


एक विवादास्पद यौनकाण्डका कारण स्विडिस एकेडेमेलीले सन् २०१८ का लागि साहित्यतर्फको नोबेल पुरस्कार वितरण स्थगत गरेको थियो । एकेडेमीका सचिव म्याट्स माल्मले स्टकहोममा दुवै पुरस्कारको घोषणा बिहीबार गरेका हुन् ।


गतवर्षका लागि पुरस्कार पाउने पोल्यान्डकी लेखिका टोकारजुकले यसअघि नै म्यान बुकर अन्तर्राष्ट्रिय पुरस्कारसमेत पाइसकेकी छन् ।


७६ वर्षीया अस्ट्रियाली लेखकलाई ‘मानव अनुभवको विशिष्टता र परिधिको अन्वेषणका लागि विशेष योगदान पुर्‍याएका कारण’ हान्डेकलाई यसवर्षको पुरस्कार प्रदान गर्ने निर्णय गरिएको पुरस्कार छनोट समितिले जनाएको छ ।


उनी सन् १९६६ को युगोस्लाभ युद्धमा सर्वहरूको पक्ष लिएपछि तथा सन् २००६ मा सर्व नेता स्लोबोदान मिलोसेभिकको अन्त्येष्टिका क्रममा राखेको धारणाका कारण निकै विवादितसमेत भएका थिए ।


प्रकाशित : आश्विन २३, २०७६ १९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?