कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिज्बुल्लाहका कारण लेबनानमा आर्थिक संकट

एपी

(बेरुत) — हिज्बुल्लाहका कारण लेबनानमाथि आर्थिक संकट गहिरिँदै गएको छ । अमेरिकाले हिज्बुल्लाहका कारण लेबनानमाथि विभिन्न प्रतिबन्ध लगाउन सुरु गरेको छ । हिज्बुल्लाहले अमेरिकाविरुद्ध युद्धको घोषणा गरे लेबनानको अवस्था भेनेजुएला जस्तै हुन सक्ने सञ्चार माध्यमहरूले जनाएका छन् ।

हिज्बुल्लाहका कारण लेबनानमा आर्थिक संकट

अमेरिका र इरानबीच सुरु संघर्षले पूरै मध्यपूर्वमा तनाव पैदा गरिदिएको छ । लेबनान पनि त्यसको चपेटामा पर्दै गएको छ । अमेरिकाले ईरान समर्थित हिज्बुल्लामाथि प्रतिबन्ध लगाएको छ । अब उसले सहयोगी र समर्थकहरूमाथि पनि प्रतिबन्ध लगाउन सक्छ । ट्रम्प प्रशासनले लेबनानी चरमपन्थी संगठन र त्यससँग जोडिएको संस्थाहरूमाथि प्रतिबन्ध लगाउने कार्यमा तीव्रता दिएको छ । पहिलो पटक लेबनानी सांसदकहरू र स्थानीय बैंकहरूलाई आफ्नो लक्ष्य बनाएको छ । अमेरिकाले हिज्जबुल्लाह संगठनलाई चरमपन्थी संगठन भएको दाबी गर्दै आएको छ । पछिल्लो प्रतिबन्धले अरबको यो सानो मुलुकमा आर्थिक संकट गहिरिँदै गएको छ ।


दुई अमेरिकी अधिकारी सेप्टेम्बरमा बेरुत आएका थिए । उनीहरूले प्रतिबन्ध लगाएर हिज्बुल्लाहको आम्दानीको स्रोतलाई रोकिने चेतावनी दिएको केही महिनापछि अमेरिकी निर्णय आएको हो । लेबनानका अधिकारीहरूले मुलुक गहिरो आर्थिक र बैंकिङ सेक्टरमा धेरै दबाब झेल्न नसक्ने प्रतिक्रिया दिएका छन् । पछिल्लो महिना संयुक्त अरब इमिरेट्समा एक अमेरिकी उच्च अधिकारीले भनेका थिए, ‘हामीले हालै मात्र हिज्बुल्लाहविरुद्ध ठूलो कारबाही गरेका छौं ।’ अमेरिकाले लेबनान सरकार र त्यहाँको केन्द्रीय बैंकले हिज्जबुल्लाहै बैंक कारोबार पूर्ण रूपमा बन्द हुने अवस्था सिर्जना होस भन्ने सुनिश्चिता चाहेको छ ।


हिज्बुल्लाहको अरबी भाषामा अर्थ हुन्छ, ‘भगवानको दूत ’ । यसको स्थापना सन १९८२ मा इजरायलद्वारा लेबनानमाथि हमलापछि इरानको रिभोल्युसनरी गार्डद्वारा गरिएको थियो । यो समूहले लेबनानका सिया समुदायबाट समर्थन पाउाँदै आएको छ । समूहद्वारा अस्पताल, विद्यालयलगायतका संस्थाहरू पनि सञ्चालित छन् । आजको दिनमा यो समूह मध्यपूर्वमा एउटा शाक्तिशाली समूह बनिसकेको छ । समूहसंग लेबनानको सेना भन्दा पनि बढी हतियार छ । सिरियामा गृह युद्धको समयमा राष्ट्रपति बसर अल असदको सहयोग गर्न आफ्ना लडाकु दस्ता पठाएका थिए । हिज्जबुल्ला र उसको सहयोगीहरूको बलियो पकड संसद् र सरकारमा पहिलेभन्दा धेरै भइसकेको छ । यो राष्ट्रपति मिशेलका सहयोगी हो । हिज्बुल्लालाई यो जानकारी भइसकेको छ कि अमेरिकी प्रतिबन्धहरूका कारण समूहलाई समस्या भइरहेको छ । यसका बाबजुद समूहले भन्दै छ, ‘कयौ वर्षसम्म प्रतिबन्धको सामना गर्न तयार छौं ।’ समूहले भनेको छ, ‘लेबनान सरकारले प्रतिबन्धहरूको प्रभावबाट आमनागरिकलाई जोगाउने दायित्व निर्वाह गर्ने बेला आईसक्यो ।’ यो समूसंग जोडिएका नागरिकहरू या त सिया समुदायका छन् या हिज्बुल्लाप्रति सहानुभूति राख्नेहरू रहेका छन् ।


जुलाईमा अर्थ विभागले हिज्बुल्लाका दुई सांसद अमिन सेरी र मोहम्मद रादलाई लक्ष्य बनाएको थियो । यो पहिलो पटक होइन, कयौ पटक भएको छ, जब लेबनानको संसद्ले वर्तमान सांसदविरुद्ध कारवाही गरियो । एक महिनापछि ‘ट्रेजरी अफिस अफ द फोरेन एसेट् कन्ट्रोलले जमाल ट्रस्ट बैंकमाथि प्रतिबन्ध लगाएको थियो । हालसम्म जो जो माथि प्रतिबन्ध लगाइएको छ, ती सबै हिज्जबुल्ला अधिकारी या शिया मुस्लिम हुन, जसमाथि अमेरिकाले समूहसंग जोडिएको दाबी गर्दै आएको छ ।


हिज्बुल्लाका नेता हसन नसरल्लाहले भनेका छन्, ‘समूहले अन्य उपायहरूको खोजी गरिरहेको छ । अमेरिकाले बैंकहरूलाई आफ्नो लक्ष्य बनाईरहेको छ, जुन हिज्बुल्लाहको होइन र कुनै प्रकारको लेनदेन पनि छैन । धार्मिक सामिप्यताका कारण धनी मानिस र व्यापारिहरूलाई तनावमा पारिरहेको छ । हामीसँग गलत भएमा हाम्रो धैर्यता टुट्ने छ ।’ लेबनानी अमेरिकी विश्वविद्यालयमा अर्थशास्त्रका सह–प्राध्यापक वालिद मारुस भन्छन्, ‘लेबनानको अर्थव्यवस्थामा ७० प्रतिशत डलरको योगदान छ । लेबनान यो मुद्राको उपयोग गरिरहेको छ । यस्तो अवस्थामा मुलुकले अमेरिकी कानुनहरूको पालना गर्नैपर्छ ।

प्रकाशित : आश्विन १९, २०७६ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?