कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इराक प्रदर्शनमा मारिने २६ पुग्यो

एएफपी

बग्दाद — इराकमा तीन दिनयता जारी हिंसामा व्यक्ति भएकाको संख्या २६ पुगेको छ । मुलुकमा बढ्दो बेरोजगारी र भ्रष्टाचार बढेको भन्दै सरकारविरुद्ध देशव्यापी प्रदर्शनमा परी १५ सय व्यक्ति घाइते भएका छन् ।

इराकको राजधानी सहर बग्दाद र अन्य केही प्रान्तहरूमा जारी यस विरोध प्रदर्शनको क्रममा मारिनेको व्यक्तिको संख्या २६ पुगेको इराकी स्वतन्त्र मानवअधिकार आयोग (आईएचसीएचआर) का सदस्य बयातीले बताए । पछिल्लो हिसामा परी दुई सुरक्षा बलका सदस्यसहित २६ जना मारिएका हुन् ।


यस विरोध प्रदर्शनको क्रममा घाइते भएका १ हजार ५ सय ९ मा ४ सय १ सुरक्षा बलका अधिकारीहरू रहेका जनाइएको छ । केही दिनयता हिंसात्मक प्रदर्शन भइरहेपछि इराकको राजधानी बग्दादमा बिहीबार बिहानैदेखि अनिश्चितकालका लागि निषेधाज्ञा (कर्फ्यु) आदेश जारी गरिएको थियो ।


तनाब बढ्दै गएका कारण मुलुकको इन्टरनेट सेवा लगभग बन्द रहेको, सरकारी कार्यालय बन्द गरिएका थिए । आधारभूत सेवा, रोजगारीको अवसरमा कमी, भ्रष्टाचारको विरोधमा इराकभरि गएको मंगलबार अपराहृनबाट विरोध प्रदर्शन सुरु भएको थियो ।


सर्वसाधारणका ती मागहरूको सही र वस्तुपरक रूपमा ल्याउने तथा शान्तिपूर्ण प्रदर्शन हुन नदिने उद्देश्यले दंगाकारीहरूको एउटा समूहले उक्साएको सरकारको आरोप छ । सुरक्षाकर्मी र दंगा प्रहरीले आन्दोलनकारीलाई तितरबितर पार्न अश्रुग्यास, पानीको फोहोरा र गोली चलाई गरेको कारबाहीमा २६ व्यक्तिको मृत्यु भएको शुक्रबार

बिहान बताइएको छ । प्रदर्शनकारीहरूले सडकमा टायर बाल्नुका साथै र मुख्य चोकका सडक अवरुद्ध गरेका थिए ।

प्रकाशित : आश्विन १८, २०७६ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?