इन्डोनेसियामा हिंसा भड्किदा २४ को मृत्यु

सिन्ह्वा

जकार्ता — इन्डोनेसियाको तनावग्रस्त पपुवा क्षेत्रमा सोमबार भड्किएको हिंसाका कारण मृत्यु हुने व्यक्तिको संख्या २४ पुगेको अधिकारीहरूले बताएका छन् । उक्त घटनामा अन्य ७२ जना घाइते भएका सेनाका प्रवक्ता कर्नेल एको  दारियान्तोले बताएका छन् । 

अधिकारीका अनुसार आन्दोलनरत समूहले सहरका भवनहरुमा आगजनी गरेपछि धेरैको भवनभित्र आगोले जलेर ज्यान गएको थियो।

'मृतकमध्ये धेरैजसो व्यक्तिको प्रदर्शनकारीले भवनमा लगाएको आगोमा परी दुःखद निधन भएको छ', दारियान्तोले भने।

घाइतेमध्ये केहीको शरीरको अधिकांश भाग जलेकोले उनीहरूलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ।

भवनहरुको आगो निभाइ सकिएपनि भवनका सबै तलामा उद्धार टोली पुगिनसकेकोले मृतकको संख्या थप बढ्नसक्ने प्रारम्भीक सूचना आफूले पाएको दारियन्तोले बताए ।

प्रकाशित : आश्विन ७, २०७६ १५:१४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

चट्याङ्ले १५ भेडा मरे

गणेश चौधरी

टीकापुर — कैलालीको जानकी गाउँपालिका-९ कटासेमा चट्याङ्ले १५ भेडा मरेका छन्  । मंगलबार  बिहान पानी आउँदा साजको रुखमा ओत लागेका बेला पानी सँगै चट्याङ् पर्दा १५ भेडा घटनास्थलमा मरेको  अमरावती प्रहरी चौकीले जानकारी दिएको छ ।

जानकी गाउँपालिका-९ बकलौवा शिविरका विपतराम चौधरीले बिहान उक्त भेडा जंगलमा चराउन लगेका थिए । जंगलमा चराउन लैजाँदा पानी परेपछि कटासे पुल नजिकै साजको रुखमा भेडाहरु ओत लागेका थिए ।

प्रकाशित : आश्विन ७, २०७६ १४:३४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT