कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इन्डोनेसियामा हिंसा भड्किदा २४ को मृत्यु

सिन्ह्वा

जकार्ता — इन्डोनेसियाको तनावग्रस्त पपुवा क्षेत्रमा सोमबार भड्किएको हिंसाका कारण मृत्यु हुने व्यक्तिको संख्या २४ पुगेको अधिकारीहरूले बताएका छन् । उक्त घटनामा अन्य ७२ जना घाइते भएका सेनाका प्रवक्ता कर्नेल एको  दारियान्तोले बताएका छन् । 

इन्डोनेसियामा हिंसा भड्किदा २४ को मृत्यु

अधिकारीका अनुसार आन्दोलनरत समूहले सहरका भवनहरुमा आगजनी गरेपछि धेरैको भवनभित्र आगोले जलेर ज्यान गएको थियो ।


'मृतकमध्ये धेरैजसो व्यक्तिको प्रदर्शनकारीले भवनमा लगाएको आगोमा परी दुःखद निधन भएको छ', दारियान्तोले भने ।


घाइतेमध्ये केहीको शरीरको अधिकांश भाग जलेकोले उनीहरूलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ ।


भवनहरुको आगो निभाइ सकिएपनि भवनका सबै तलामा उद्धार टोली पुगिनसकेकोले मृतकको संख्या थप बढ्नसक्ने प्रारम्भीक सूचना आफूले पाएको दारियन्तोले बताए ।

प्रकाशित : आश्विन ७, २०७६ १५:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?