कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमेरिकासँग वार्ता गर्न उत्तर कोरिया इच्छुक

(एजेन्सी)

सोल — उत्तर कोरियाले अमेरिकासँग परमाणु हतियार निःशस्त्रीकरणका विषयमा पुनः वार्ता गर्न इच्छुक रहेको जनाएको छ । 

अमेरिकासँग वार्ता गर्न उत्तर कोरिया इच्छुक

उत्तर कोरियाली उपविदेशमन्त्री चोई सोन–हुईले दुवै पक्षले सहमति जनाएको खण्डमा ‘बृहत् छलफल’ का लागि उत्तर कोरिया तयार रहेको बताएकी हुन् ।


अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले उत्तरसँग पुनः वार्ता गर्न अमेरिका तयार रहेको संकेत गरेका बेला चोईको भनाइ सार्वजनिक भएको हो । तर चोईको भनाइ सार्वजनिक भएको केही घण्टामै उत्तर कोरियाले दुइटा छोटो दूरीका क्षेप्यास्त्र परीक्षण गरेको बीबीसीले जनाएको छ । अमेरिकासँगका परमाणु वार्ता असफल भएसँगै उत्तर कोरियाले शृंखलाबद्ध रूपमा क्षेप्यास्त्र परीक्षण गरिरहेको छ ।


दक्षिण कोरियाली सैन्य अधिकारीले मंगलबार स्थानीय समयानुसार बिहान ७ बजे दुइटा क्षेप्यास्त्र समुद्रतर्फ उडेको देखेको जनाएका छन् । अधिकारीका अनुसार ती क्षेप्यास्त्रे करिब

३३० किलोमिटर यात्रा तय गरेका थिए ।


प्रकाशित : भाद्र २५, २०७६ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?