कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मस्को चुनावमा पुटिनलाई झड्का

मस्कोको संसदीय चुनावमा रूसको सत्तारूढ दलको सीट घट्यो
एजेन्सी

मस्को — मस्को सहरको संसद्का लागि भएको मतदानमा रूसको सत्तारूढ युनाइटेड रसिया पार्टीले पराजय बेहोरेको छ ।चुनावमा पार्टीले करिब एक तिहाइ सिट गुमाए पनि बहुमत भने कायमै राखेको छ ।

मस्को चुनावमा पुटिनलाई झड्का

४५ सिट मध्ये सत्तारूढ पार्टीले २६ सिट जितेको बीबीसीले जनाएको छ । चुनाव अधिकांश विपक्षी उम्मेदवारहरू अयोग्य घोषणा गरिएपछि भएका चुनावमा वामपन्थी, स्वतन्त्र र अन्यले केही सिटहरू हात पारेका छन् ।


अनपेक्षित चुनावी नतिजालाई रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको लोकप्रियतासँग जोडेर हेरिएको छ । कपियले पुटिन इतिहासमै असफल भएका ठानेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । हालैका महिना गरिएको सर्वेक्षणहरूमा पुटिनको लोकप्रियता दर खस्किएको देखिएको थियो ।


राजधानी मस्कोबाट दलका प्रमुख नेता आन्द्रेइ मितेलस्की पराजित भएका छन् । यसलाई पुटिन समर्थक दलले बेहोरेको ठूलो झट्काका रूपमा लिइएको छ । सन् २००१ मा राष्ट्रपति पुटिनलाई समर्थन गर्न युनाइटेड रसिया पार्टी गठन गरिएको थियो ।


कतिपय विपक्षी नेतालाई चुनावमा प्रतिस्पर्धा गर्न रोक लगाइएपछि मस्कोमा विरोध प्रदर्शन गरिएको थियो । त्यसयता हजारौं विरोधीलाई थुनामा राखिएको छ । पछिल्ला दिनमा सत्तारुढ दलका कतिपय गतिविधि नकारात्मक भएकाले यसका सबै सदस्यहरूले स्वतन्त्र उम्मेदवारका रूपमा चुनावमा प्रतिस्पर्धा गरेका थिए ।


कम्युनिष्ट पार्टीले १३ सिट जित्ने ठानिएको छ भने उदारवादी याब्लेकोले र वामपन्थी झुकाव राख्ने जस्ट रसिया दलले ३/३ सिट जित्ने अपेक्षा गरिएको छ । साझेदारहरूलाई चुनावमा लड्नबाट रोक लगाइएपछि विपक्षी नेता एलेक्से नभाल्नीले चनाखो भएर मतदान गर्ने रणनीति अख्तियार गरेका थिए । उनले अघोषित रूपमा युनाइटेड रसियाका उम्मेदवारहरूको भण्डाफोर अभियान चलाएका थिए ।


रुसका सरकारी सञ्चारमाध्यमले मस्कोको चुनावी परिणामलाई सत्तारूढ दलको जितका रूपमा प्रस्तुत गरिरहेका छन् । मस्को बाहिरका स्थानीय र क्षेत्रीय चुनावमा भने क्रेमलिनको समर्थन पाएका उम्मेदवारहरूले आफ्नो पकड कायमै राखेका छन् ।

प्रकाशित : भाद्र २३, २०७६ २१:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?