कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्ट्रेलियाको ‘रोयल सो’ मा नेपाल

अस्ट्रेलिया — अस्ट्रेलियाकै पुरानो सामुदायिक प्रदर्शनी ‘रोयल एडिलेड सो’ मा यस वर्ष यहाँका युवा व्यवसायी तथा एनआरएन मिलेर ‘भिजिट नेपाल २०२०’ को प्रवर्द्धनका लागि नेपाली कलासंस्कृतिको प्रवर्द्धन सुरु गरेका छन् ।

अस्ट्रेलियाको ‘रोयल सो’ मा नेपाल

उनीहरूले नेपाली पर्यटकीय क्षेत्र, वास्तुकला र हस्तकलाका सामग्री समेटेर नेपालसम्बन्धी अलग स्टलको स्थापना गरेका छन् ।


अस्ट्रेलियाको इतिहासमै पुरानोमध्येको रोयल सो दक्षिण अस्ट्रेलियामा १ सय ८० वर्षदेखि हरेक वार्षिक रूपमा आयोजना गरिँदै आएको छ । दुई सातासम्म चल्ने प्रदर्शनीको दैनिक करिब ५ लाख व्यक्तिले अवलोकन गर्ने गर्छन् । प्रदर्शनीमा अस्ट्रेलियाका परम्परागत वस्तुका साथै कृषि, विज्ञान, खाद्यलगायत सामग्री राखिने छन् । गत साता सुरु भएको प्रदर्शनीका अवलोककर्तालाई नमस्ते हेन्डिक्राफ्ट एन्ड आउटफिट्स र एनआरएनले नेपाल झल्कने विभिन्न सांस्कृतिक सामग्रीका साथै पर्यटकीय जानकारी दिँदै आएका छन् ।


‘हामीले नेपालमा सकेसम्म धेरै पर्यटकहरूलाई भिजिट नेपाल २०२० का बारेमा जानकारी दिने उद्देश्यले युवा व्यवसायीसँग मिलेर यो अभियान सुरु गरेका हौं,’ एनआरएन दक्षिण अस्ट्रेलियाका संयोजक नवीन पन्तले कान्तिपुरसँग भने । उनका अनुसार नेपाल र नेपाली कला संस्कृतिबारे जानकारी दिन अलग स्टलको व्यवस्था गरिएको हो ।


‘हाम्रो स्टलमा दैनिक ४ हजारभन्दा बढी विदेशीले अवलोकन गर्ने गरेका छन् जसमध्ये धेरैले नेपाली हस्तकला तथा वास्तुकलाका साथै पर्यटकीय क्षेत्रबारे चासो राख्छन्,’ नमस्ते हेन्डिक्राफ्ट तथा आउटफिट्सका सनम महर्जनले भने । नेपालको कलासंस्कृति र परम्परालाई विदेशीसमक्ष चिनाउने उद्देश्यले प्रदर्शनीमा सहभागी भएको महर्जनले बताए ।


महर्जनका अनुसार यहाँ ल्याइने सबै सामग्रीहरू नेपालका आमा समूह तथा कालिगढबाट खरिद गरिएको हो । प्रदर्शनीको नेपाल स्टलमा थान्का, नेपाली पेन्टिङ, विभिन्न मूर्ति, माला तथा पर्यटकीय क्षेत्रका फोटाहरू राखिएका छन् ।

प्रकाशित : भाद्र २१, २०७६ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?