कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतको एक पटाका कारखानामा विस्फोट हुँदा २२ को मृत्यु

सिन्ह्वा

नयाँ दिल्ली — भारतको पञ्जाब प्रान्तमा रहेको एउटा पटका कारखानामा बुधबार भएको विस्फोटनमा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ  । विस्फोटको बेला कारखानामै  रहेका अन्य २०  जना  घाइते भएका अधिकारीहरूले जानकारी दिएका छन् । 

भारतको एक पटाका कारखानामा विस्फोट हुँदा २२ को मृत्यु

पञ्जाबको गुर्दासपुर अन्तर्गत पर्ने बाटला क्षेत्रमा उक्त घटना भएको थियो । घटनास्थलमा प्रहरी, अग्नि नियन्त्रक, स्वयंसेवक, स्थानीय बासिन्दा लगायतले आगो निभाएका थिए ।


भारत सरकारले यस घटनामा मारिएका प्रति व्यक्तिलाई २ लाख भारु क्षतिपूर्ति स्वरुप दिने भएको छ । सो घटनामा घाइते भएका व्यक्तिहरुलाई ५० हजार भारु क्षतिपूर्ति दिइने समाचारमा जनाइएको छ ।


सोही कारखानामा गत वर्ष पनि विस्फोट भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रकाशित : भाद्र १९, २०७६ १६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?