कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उजुरी परेपछि मारियो धोबी चरा

नारायण खड्का

अस्ट्रेलिया — सिड्नीको उत्तरी क्षेत्रमा एउटा म्यागपाई (धोबी चरा) ले आतंक मच्चाएपछि त्यसलाई गोली हानेर मारिएको छ । चराविरुद्ध ३ दर्जनभन्दा बढी उजुरी परेपछि स्थानीय काउन्सिलले मार्ने निर्णय गरेको हो । 

उजुरी परेपछि मारियो धोबी चरा

स्थानीय समाचारमाध्यम एबीसीका अनुसार सिड्नीको बेल्लाभिस्टा क्षेत्रको चराले विगत ३ वर्षदेखि स्थानीयलाई आक्रमण गर्दै आएको थियो । आक्रमणका कारण केही स्थानीयलाई अस्पतालसमेत भर्ना गर्नुपरेको थियो । बेल्लाभिस्टा क्षेत्रको काउन्सिल हिल डिस्ट्रिकले चराको सक्रियताका लागि उपयुक्त मौसम आउनुअघि नै मार्ने निर्णय गरिएको जनाएको छ ।


काउन्सिलका प्रवक्ताका अनुसार ‘स्थानीय जनताको सुरक्षामा खतरा तथा र डरलाग्दो व्यवहारका कारण चरालाई मार्नुपरेको’ बताएका छन् । उनले एक विज्ञप्ति जारी भनेका छन्, ‘चराले हेल्मेट लगाएका मानिसलाई समेत आक्रमण गर्न थालेपछि बाध्य भएर मार्ने निर्णय लिनुपरेको हो ।’


स्थानीयवासी पिटर ड्यानिल्युकले आफूलाई हृदयाघात हुनुमा समेत उक्त चरा जिम्मेवार भएको बताएका छन् । चराले विशेष गरेर साइकलयात्रीलाई निसाना बनाउने गरेको थियो भने केहीले आफूले यस्तो निडर र डरलाग्दो पक्षी नदेखेको प्रतिक्रिया दिएका छन् । काउन्सिलले उक्त चराको आक्रमणलाई निष्तेज पार्न अनेकौं प्रयास गरेको भए पनि असफल बनेको थियो ।


विन्डसर सडकको राक्षस (विन्डसर रोड मन्स्टर) नाम दिइएको चराविरुद्ध उजुरी परेपछि काउन्सिलले मार्नुको साटो अन्यन्त्रै सार्न पहल गरेपछि असफल भएपछि मारिएको जनाइएको छ । चरालाई न्यु साउथ वेल्सको नेसनल पार्क एन्ड वाइल्ड लाइफ सर्भिसबाट अनुमति लिएर प्रहरीले मारेको हो ।


चरा मार्ने कदमप्रति स्थानीय भने विभाजित छन् । अस्ट्रेलियाको एनिमल जस्टिस पार्टीले चराको मृत्युले उसको परिवारलाई खतरामा पारेको बताएको छ । काउन्सिलको कदमले विशिष्ट र बहुमूल्य चराको भविष्यप्रतिसमेत पार्टीले चिन्ता व्यक्त गरेको छ ।


स्थानीय सञ्चारमाध्यमका अनुसार म्यागपाई चराले बेल्लाभिस्टा क्षेत्रमा आक्रामक व्यवहार देखाउने तथा आफ्नै क्षेत्र जमाउनसमेत थालेका छन् ।

प्रकाशित : भाद्र १८, २०७६ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?