कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हङकङ प्रदर्शन : विद्यार्थीद्वारा कक्षा बहिष्कार

एजेन्सी

हङकङ — हङकङका लोकतन्त्र पक्षधरहरूको विरोध प्रदर्शन शैक्षिकलगायतका क्षेत्रमा समेत फैलिएको छ । विरोध प्रदर्शनलाई समर्थन गर्दै सोमबार करिब १० हजार विद्यार्थीले स्कुल तथा विश्वविद्यालय बहिष्कार गरेका छन् ।

हङकङ प्रदर्शन : विद्यार्थीद्वारा कक्षा बहिष्कार

विरोध प्रदर्शन आयोजकका अनुसार २ सय माध्यमिक विद्यालयका विद्यार्थी यस शैक्षिक सत्रको पहिलो दिनको कक्षामा बसेनन् ।


हङकङमा लोकतन्त्रको माग गर्दै गरिएको आन्दोलन तेह्र सातादेखि जारी छ । सरकारले ल्याएको विवादास्पद सुपुर्दगी विधेयकको विरोधमा हङकङका मुख्य स्थानमा सुरु प्रदर्शन हाल लोकतन्त्रका विभिन्न मुद्दामा केन्द्रित छ ।

प्रदर्शनकारीले आन्दोलनप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यान केन्द्रित गर्नु आवश्यक भएको भन्दै पछिल्लो समय विमानस्थल केन्द्रित विरोध गर्दै आएका छन् ।


पछिल्ला प्रदर्शनमा विवादास्पद विधेयक खारेज, कार्यकारी प्रमुख क्यारी लामको राजीनामा, प्रहरी दमनको स्वतन्त्र छानबिनलगायतका माग राखिँदै आएको छ । सोमबार प्रदर्शनकारीले रेलसेवा अवरुद्ध पारेपछि कार्यालय समयमा ट्राफिक व्यवस्था अस्तव्यस्त भएको थियो । विद्यालय बहिष्कार गरेका विद्यार्थीहरू सोमबार केन्द्रीय जिल्लाको एडिनबर्ग प्लेसमा जम्मा भएका थिए ।


‘म कुनै पनि अनुशासनको कारबाही भोग्न तयार छु,’ साम स्वी जिल्लाका एक विद्यार्थीले भने । सोमबारको विद्यालय बहिष्कारको संयोजन भने स्थानीय दल डेमोसिस्टो र केही विद्यार्थी समूहले गरेका थिए । सामाजिक सञ्जालमा सार्वजनिक तस्बिरहरूमा विद्यार्थीले स्कुलअगाडि मानव साङ्लो बनाएर प्रदर्शन गरेका थिए ।


डेमोसिस्टो दलका नेता एग्नेस चोउलाई हङकङ अदालतले सोमबार यस वर्षको अन्त्यमा हुने संसदीय चुनावमा भाग लिन रोक लगाएको छ । गत साता जोसुवा वोङसँगै पक्राउ परेका एग्नेस धरौटीमा रिहा भएका हुन् ।


आइतबारका प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडपहरू भएका थिए । झडपमा ३१ जना घाइते भएका थिए । तीमध्ये ५ जना गम्भीर घाइते छन् । सडकमा आगो बालेका प्रशर्नकारीले प्रहरीमाथि आक्रमण थालेपछि

भिडन्त भएको थियो । प्रहरीले ४० प्रदर्शनकारीलाई गिरफ्तार गरेको जनाएको थियो ।


यसअघि हङकङको एक अदालतले आदेश जारी गर्दै प्रदर्शनका लागि प्रतिबन्ध लगाएको भए पनि प्रदर्शनकारीहरूले विमानस्थल वरपरका सडक बन्द गराएका हुन् । चीनका सरकारी सञ्चारमाध्यमले उक्त भूभाग नियन्त्रणबाहिर जाने खतरा बढेको भन्दै कानुन स्थापित गर्न ढिला गर्न नहुने बताएका छन् ।


सन् १९९७ मा स्वतन्त्र हुनुअघि बेलायतको उपनिवेश हङकङलाई चीनले आफ्नो ‘विशेष प्रशासकीय क्षेत्र’ बताउँदै ‘एक देश, दुई व्यवस्था’ अन्तर्गत शासन सञ्चालन गर्छ ।


अपराध तथा बलात्कार आरोपीलाई मुख्य भूमि चीनमा सुपुर्दगी गर्ने प्रावधानसहितको विधेयक ल्याएपछि हङकङमा प्रदर्शन चर्केको हो । अपराध तथा बलात्कार आरोपीलाई मुख्य भूमि चीनमा सुपुर्दगी गर्ने प्रावधानसहितको विधेयक ल्याएपछि हङकङमा प्रदर्शन चर्केको हो ।

प्रकाशित : भाद्र १७, २०७६ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?