कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जपानमा भारी वर्षा 

एएफपी

टोकियो — जापानमा भारी वर्षापछि दुई व्यक्तिको मृत्यु भएको छ । वर्षाका कारण बाढी र पहिरोको चेतावनीसँगै ६ लाख ७० हजार व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको छ ।

जापानको क्युसु प्रान्तको उत्तरीे भागमा पर्ने माथिल्लो स्थानमा सरकारले उच्च सर्तकताको चेतावनी दिनुको साथै सो क्षेत्रबाट करिब १० लाख मानिसलाई सो स्थान छोड्न सल्लाह दिइएको छ ।


सरकारी अधिकारीले दुई व्यक्तिको मृत्युको पुष्टि गरेका छन् । पश्चिमी सागा प्रान्तमा कारसहित बगाइएको एक व्यक्ति शव फेला परेको थियो । फुकुओका प्रान्तमा एक कारबाट भाग्न खोज्दा भीषण बाढीमा फसेर अर्को एक व्यक्तिको मृत्यु भएको थियो ।


यद्यपि सरकारका प्रवक्ता योसिहिडे सुगाका अनुसार तेस्रो व्यक्तिको पनि भीषण वर्षाबाट हृदयाघातका कारण मृत्यु भएको छ । चिकित्सकद्वारा यस मृत्युको पुष्टि भए तापनि सरकारले पुष्टि गरेको छैन ।


बाढी, पहिरो र घर डुवानमा परेको बाढीको कारण विभिन्न क्षेत्र क्षति विवरण प्राप्त भए तापनि अझै बढी क्षतिको सम्भावना रहेको सुगा बताए ।


स्थानीय अधिकारी त्यहाँका बासिन्दाको अवस्थालाई ध्यान राखेर सो स्थान छोड्न सल्लाह दिएका छन् । अग्नि नियन्त्रण र प्रकोप व्यवस्थापन विभागका अनुसार यसअघि नै सागा र नागासाकी क्षेत्रमा बाढीबाट घरहरु बगाएको विवरण प्राप्त भइसकेको थियो ।

प्रकाशित : भाद्र ११, २०७६ २०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?