कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कश्मीरमा गोर्खा सेना मारिए 

दार्जिलिङ — जम्मु–कश्मीरको रजौरी जिल्लाअन्तर्गत नौशेरा सेक्टरमा पाकिस्तानी सेनाको गोली प्रहारमा गोर्खा राइफल्सका नायक राजीव थापाको ज्यान गएको छ । 

कश्मीरमा गोर्खा सेना मारिए 

सेनाका अनुसार थापाको टाउकोमा गोली लागेको हो । शनिबार विमानमार्फत् बाघडुग्रा ल्याई थापाको अन्तिम संस्कार गरिएको छ । अंग्रेजले सहिद मेजर दुर्गा मल्ललाई फाँसी दिएको अगस्ट २५ लाई भारतीय नेपालीभाषीले बलिदान दिवसका रूपमा मनाउने गर्छन् ।


तर यसपालि अगस्ट २५ भने दार्जिलिङ र वरिपरिका नेपाली समुदायका लागि थप पीडादायी बन्यो । यसअघि गत डिसेम्बरमा पनि सोही ठाउँमा दार्जिलिङ लोअर लामाहट्टा सिग्रीताम बस्ती निवासी गोर्खा राइफल्सका सैनिक जीवन गुरुङको ज्यान गएको थियो ।

प्रकाशित : भाद्र ९, २०७६ २०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?