लद्दाख केन्द्र शासित बनाउने भारतीय निर्णयको चीनद्वारा विरोध

लक्ष्मी लम्साल

बेइजिङ — विशेष राज्यको मान्यता खारेज गरी दुई अलग राज्य बनाउने भारत सरकारको निर्णयप्रति चीनले पनि मुख खोलेको छ। मंगलबार बेइजिङमा पत्रकार सम्मेलनको आयोजना गर्दै चिनियाँ परराष्ट्र प्रवक्ता ह्वा छुनयिङले चीन-भारत सीमा क्षेत्रको पश्चिमी भागको चिनियाँ भूखण्डलाई भारतशासित क्षेत्रको परिधिमा राखेकोमै चीनले उहिल्यैदेखि विरोध गर्दै आइरहेको बताइन्।  


भारतीय सरकारले घोषणा गरेको लद्दाख केन्द्र शासित क्षेत्र हुनेबारे उनले चीनको भू-भागसँग सम्बन्धित रहेको सो क्षेत्रसम्बन्धी पत्रकारको जिज्ञासामा यस्तो धारणा राखेकी हुन्। प्रवक्ता ह्वाले भनिन्, ‘चीनले सधैं नै भारतको सो प्रवृत्तिको विरोध गर्दै आएको छ र यसमा चीन सदैव अडिग, निश्चयी र कसैगरी पनि अपरिवर्तनीय धारणामा उभिएको छ।’

सीमा समस्याका सन्दर्भमा विगतमा भएका सहमतिको पालना गर्नुपर्ने पनि प्रवक्ता ह्वाले बताइन्। सतर्कतापूर्वक बोली र व्यवहारमा गम्भीर हुन पनि ह्वाले ताकिता गरेकी छन्। 'चीन र भारतबीच सम्पन्न सम्बद्ध सिद्धान्तको अक्षरश: पालना गर्न पनि भारतलाई चीनले अनुरोध गरेको छ', परराष्ट्र प्रवक्ता ह्वाले भनिन्।
प्रतिक्रिया
पठाउनुहोस्

विश्वकप छनोट खेल्ने फुटबल टोलीको घोषणा

रासस

काठमाडौँ — कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत एसिया दोस्रो चरण छनोटका लागि नेपालले मंगलबार प्रारम्भिक चरणमा ३१ सदस्यीय टोलीको घोषणा गरेको छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले प्रशिक्षणमा बोलाइएका ३६ खेलाडीमध्येबाट प्रारम्भिक चरणमा ३१ खेलाडीको घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

विश्वकप छनोटमा नेपाल समूह बी मा रहेको छ । नेपालको समूहमा अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपे रहेका छन् । दोस्रो चरणको छनोट खेल आगामी भदौ १९ गतेदेखि सुरु हुनेछ । नेपालले आफ्नो पहिलो खेल कुवेतसँग खेल्नेछ । नेपालले भदौ १९ गते कुवेतसँग घरेलु मैदानमा खेल्ने तय भएतापनि दशरथ रंगशालाको पुनःनिर्माण कार्य नसकिदा कुवेतमा नै गएर खेल्ने पक्का भएको छ । नेपालले कुवेतसँग होम एण्ड अवे दुवै खेल कुवेतमा नै खेल्नेछ ।

छनोट हुने प्रारम्भिक टोलीको गोलरक्षकमा किरणकुमार लिम्बु, एलन न्यौपाने, विकेश कुथु, विशाल श्रेष्ठ छन् । डिफेन्डरमा विराज महर्जन, सरोज दाहाल, रजिन धिमाल, सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी, देभेन्द्र तामाङ, रवि सिलवाल, दिनेश राजवंशी र बिमल पाण्डे छन् ।

त्यसैगरी मिडफिल्डरमा सुनिल बल, रवि पासवान, सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, विक्रम लामा, सन्तोष तामाङ, तेज तामाङ, त्रिदेव गुरुङ, हेमन गुरुङ, सुभाष गुरुङ छन् । स्ट्राइकरमा विमल घर्तीमगर, विमल राना, नवयुग श्रेष्ठ, अभिषेक रिजाल, अन्जन विष्ट र भरत खवास छन् ।

प्रकाशित : श्रावण २१, २०७६ १७:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्