भारतीय पत्रकार रविशकुमारलाई म्यागासासे

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतका चर्चित पत्रकार रविश कुमार रामोन म्यागासासे अवार्डबाट पुरस्कृत भएका छन् । फिलिपिन्सका पूर्वराष्ट्रपति रामोन म्यागासासेको नाममा स्थापित पुरस्कार एसियाको नोबलका नामले चिनिन्छ । 

ZenTravel

पुरस्कार छनोट समितिले आवाजविहीनलाई आवाज दिनका लागि पत्रकारितालाई माध्यम बनाएको भन्दै रविशलाई यस वर्षको म्यागासासेअवार्डबाट पुरस्कृत गरिएको जनाएको छ । टेलिभिजन च्यानल एनडीटीभीका प्रबन्ध सम्पादक कुमारले भारतीय राजनीतिक र ग्रामीण मुद्दालाई प्रखर रूपमा उठाउँदै आएका छन् ।

Meroghar


यस वर्ष म्यागासासेबाट रविशसँगै म्यान्मारका पत्रकार को सी विन, थाइल्यान्डकी अधिकारकर्मी अग्खंना निलापाइजित, फिलिपिन्सका संगीतकार रेमन्ड पुजान्ते कायाब्याब र दक्षिण कोरियाका अधिकारकर्मी किम जोङ की पनि पुरस्कृत भएका छन् ।
म्यान्मारका चर्चित पत्रकार तथा अलनाइन न्युज पोर्टल म्यान्मार वानका सम्पादक विनलाई पनि आमसञ्चारमाध्यमको सत्यतथ्य पस्कने क्षमता र शक्ति विकास गर्न योगदान गरेबापत् उनलाई पुरस्कृत गरिएको जनाइएको छ ।

सामाजिक सद्भाव भड्काउने किसिमको समाचार फेसबुकमा प्रेषित गरेको भन्दै उनलाई म्यान्मार सरकारले दूरसञ्चार कानुनअन्तर्गत मानहानिको मुद्दा लगाएको थियो । जसका कारण उनी करिब दुई वर्ष कैद भोग्न बाध्य भए । विनले फेसबुकमा सेयर गरेको समाचारमा म्यान्मारका बौद्ध भिक्षुहरूले रोहिंग्यालगायतका अल्पसंख्यक समुदायबाट तालिवानले जस्तैअमानवीय व्यवहार गरेको विषयवस्तु समेटिएको थियो ।

तर, उनको गिरफ्तारीलाई लिएर म्यान्मार सरकारको अन्तर्राष्ट्रिय रूपमैचर्को आलोचना भएपछि एक महिना मात्र उनलाई रिहा गरिएको थियो । पुरस्कार आगामी ९ सेप्टेम्बरमा फिलिपिन्सको राजधानीमा मनिलामा एक कार्यक्रमका वितरण गरिने छ ।

नेपालबाट अध्येता महेशचन्द्र रेग्मी, चिकित्सक सन्दुक रुइत, सूचनाप्रविधि अभियन्ता महावीर पुन, वरिष्ठ पत्रकार भारदत्त कोइराला र चेलिबेटी बेचबिखनविरुद्ध सक्रिय संस्था शक्ति समूहले पनि यो पुरस्कार पाइसकेका छन् ।

जनपक्षीयपत्रकारिता सम्मानित
अहिले भारतमा मात्र होइन, सबैजसो देशमा पत्रकारिता संकटमा छ । स्वतन्त्र पत्रकारिताको स्थान छैन । राजनीतिले नियन्त्रणमा लिएको छ । बाहिरबाट हेर्दा कर्पोरेट प्रभाव देखिए पनि राजनीतिको पकड छ । त्यसकारण पनि पत्रकारिता बाँच्छ कि बाँच्दैन भन्ने शंकाउपशंका सुरु भएको छ ।

तर, यो पुरस्कारले अझै पनि वास्तविक पत्रकारिताको भविष्य छ भन्ने देखाएको छ । यस किसिमको पत्रकारिता गर्नेहरूमा आशा पलाएको छ । जनताको पक्षमा गरिने पत्रकारिताको अझै पनि दर्शक छन् भन्ने कुराको पुष्टि पनि हो । पुरस्कार मैले पाए पनि यो नयाँ पुस्ताका लागि प्रेरणा हो ।

साथै यसले जनपक्षीय पत्रकारिताको स्कोप छ भन्ने पनि पुष्टि गरेको छ । प्रोपोगान्डा पत्रकारिता नै सबैथोक हो भन्ने बुझाइ बढिरहेका बेला जनपक्षीय पत्रकारितालाई मान्यता दिनु सुखद ठानेको छु ।

पत्रकारितामा कर्पोरेट र राजनीतिक क्षेत्र हाबी हुनुमा पत्रकारबीच मेल नहुनु पनि प्रमुख कारण हो । एउटा पत्रकारले सम्झौता गर्‍यो भने अरूलाई त्यसो गर्नबाट रोक्नु अन्य पत्रकारहरूको जिम्मेवारी हो । त्यसो भयो भने, जनताको स्वतन्त्र समाचार पढ्न, सुन्न र देख्न पाउने अधिकारको रक्षा हुने छ ।

त्योभन्दा मिडियामा कमजोरी नभएको होइन । मिडियाको सबैभन्दा ठूलो कमजोरी भनेको सहर र नेता केन्द्रित पत्रकारितामा सीमित हुनु हो । अझै पनि मिडिया गाउँका दूरदराजमा जाने छ भन्नेमा म आशावादी छैन ।

मुख्यमन्त्री र ठूला नेताका पछि लागेर मात्र हुँदैन । मिडियाको प्राथमिकतामै कमजोरी छ । त्यसैले यसको प्रभाव पनि कम हुँदै आएको छ । यहाँनेर मिडियाले पनि आत्मसमीक्षा गर्नुपर्छ । जब मिडियाले आत्मसमीक्षा गरेर निर्धक्क ढंगले अघि बढ्छ, तब नेता र कर्पोरेट कुनै पनि प्रभाव वा नियन्त्रणले काम गर्दैन ।

प्रकाशित : श्रावण १७, २०७६ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्

[अपडेट] पहिरोले घर पुरिँदा आमा–छाेरीकाे मृत्यु, पाँच घाइते

संगीता तिमिल्सेना 

बाजुरा — लगातारको वर्षाका कारण बाजुराको गौमुल गाउँपालिका–६ टाँडाकोटीमा पहिरोले घर भत्काउँदा आमा र छोरीको मृत्यु भएकाे छ । अन्य पाँच जना घाइते छन् ।

बिहीबार राति खसेको पहिराेमा ३० वर्षीया आमा निरुता चदाँरा र छ वर्षीया छोरी किस्मिताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक जनकराज ढुंगानालेबताए।

पहिरोले तीनतले घर भत्काउँदा एकै घरमा सुतेका सात जना मध्ये दुई जनाको मृत्यु भएकोहो।राति करिब १२:३० बजेतिर घरमाथिबाट पहिरो खसेको बताइएको छ।

घरभित्र च्यापिएरमृतकका ससुरा जंगे चदाँरा गम्भीर घाइते भएका छन्। जंगेका ३८ वर्षीय छोरा सुके चदाँरा उनकी ३८ वर्षया बुहारी जडेनी चँदारा पनि घाइते छन्। यस्तै १२ वर्षीया अस्मिता चदाँरा र १० वर्षीय विकास चदाँरा घाइते भएको प्रहरी निरीक्षक ढुंगानाले बताए।

च्यापिएका घाइतेलाई स्थानीय र प्रहरीको सक्रियतामा उद्धार गरिएको थियाे। घाइते पाँच जनालाई घटमुनाको सहरी स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार पछि जिल्ला अस्पताल बाजुरा ल्याइएको छ।

मृतकका आफन्तहरुका लागि गाउँपालिकाको टोली राहतसहित घटनास्थल पुगेको छ।घाइते तथा बिचल्लीमा परेका आफन्तका लागि गाउँपालिकाबाट तत्काल दाल, चामल, नुन, तेल, ओढ्ने ओछ्याउनेसहित त्रिपाल र भाडाकुँडालिएर गाउँपालिकाको टोली घटनास्थल पुगेको उपाअध्यक्ष सिता थापाले बताइन्।

स्वास्थ्यकर्मीको टोली घटनास्थलमा

पहिरोमा मृत्यु भएका आमाछोरीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालबाट चिकित्सककाे टोली घटनास्थल पुगेको छ।

पहिरो गएको ठाउँ जिल्ला अस्पताल बाजुराभन्दा ६ घण्टा पैदल दुरीमा भएकाले पोष्टमार्टम गर्न ल्याउन असहज हुँदाचिकित्सककाे टोली नै घटनास्थल पठाएको जिल्ला अस्पताल बाजुराका प्रमुख रुपचन्द्र विश्वकर्माले बताएका छन्।प्रमुख विश्वकर्माका अनुसार घटनास्थलमा पोष्टमार्टमका लागि चिकित्सक टीका राईको टोली पठाइएको छ।

प्रकाशित : श्रावण १७, २०७६ १०:११
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×