कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्रम्पले सैन्य कोषको रकम प्रयोग गरेर सीमामा पर्खाल बनाउन पाउने

अमेरिकाको सर्वोच्च अदालतको फैसला
एजेन्सी

वासिङटन — अमेरिकाको सर्वोच्च अदालतले मेक्सिकोसँग रहेको दक्षिणी सीमाको एउटा खण्डमा पर्खाल बनाउन राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य कोषबाट २.५ अर्ब अमेरिकी डलर प्रयोग गर्न पाउने आदेश दिएको छ  । 

ट्रम्पले सैन्य कोषको रकम प्रयोग गरेर सीमामा पर्खाल बनाउन पाउने

अदालतको यस निर्णयपछि ट्रम्पले ट्वीट गर्दै सीमा सुरक्षा र विधिको कानूनको ठूलो विजय भएको बताएका छन् । सर्वोच्च अदालतले क्यालिफोर्नियाका एक न्यायाधीशले सैन्य कोष उपयोग गर्नमा लगाएको रोक लगाउने आदेश उल्टाइदिएको हो । अदालतद्धारा स्विकृत भएको उक्त कोषले क्यालिफोर्निया, एरिजोना र न्यू मेक्सिकोमा पर्खाल बनाउने योजनामा प्रयोग हुने बताइएको छ ।


ट्रम्पले यस वर्षको सुरुमा संकटकाल घोषणा गर्दै उक्त पर्खाल बनाउन ६.७ अर्ब डलर रकम आवश्यक परेको बताएका थिए । ३२ सय किलोमिटर सीमामा पर्खाल लगाउने कुल खर्च २३ अर्ब अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ ।


सन् २०१६ को राष्ट्रपतीय निर्वाचन क्रममा ट्रम्पले आफ्नो प्रमुख नारा नै अमेरिका र मेक्सिकोलाई विभाजन गर्ने पर्खाल बनाउने थियो ।

प्रकाशित : श्रावण ११, २०७६ १४:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?