दुर्घटनामा २७ को मृत्यु
लखनउ — उत्तरी भारतमा सोमबार बिहान भएको बस दुर्घटनामा २७ जनाको ज्यान गएको छ । दुर्घटनामा १५ यात्रु घाइते भएका भारती सञ्चारमाध्यमले जनाएका छन् ।
भारतीय राजधानी नयाँदिल्लीबाट उत्तर प्रदेशको राजधानी लखनउतर्फ जाँदै गरेको बस आग्रा नजिकै दुर्घटनामा परेको हो । आग्रा लखनउबाट ३ सय ३६ किलोमिटरको दूरीमा छन् । प्रहरीले बस खोचमा खसेका कारण उद्धारमा ढिलाइ भएको जनाएको छ ।
आग्रा जिल्ला म्याजिस्ट्रेट एन जी रवि कुमारले २७ यात्रुको घटनास्थलमै निधन भएको जनाए । बसमा ५० यात्रु थिए । उनले घाइते १५ को अस्पतालमा उपचार भइरहेको बताए । उनका अनुसार गुडिरहेको बस सडकबाट कम्तीमा ५० फिट तल खोचमा खसेको हो ।
प्रकाशित : असार २४, २०७६ १०:०४प्रतिक्रिया