कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दक्षिणी सुडानको सिमा क्षेत्रमा जातीय भिडन्तमा २२ जनाको मृत्यु

रासस

काठमाडौँ — जातीय समूहहरूबीच भएका भिडन्तमा दक्षिणी सुडानको सिमा क्षेत्रमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । सुडानका सूचना मन्त्री मिचेल मयौतले सिन्ह्वालाई दिएको जानकारी अनुसार बिहीबार दुई जातीय समूहबीच झडप भएको र उनीहरू दुई फरक फरक स्थानका युवाहरू हुन् । 

यसअघि गत मङ्गलबार भएको अर्को झडपमा परी एक जना सुरक्षाकर्मी मारिएका थिए भने अरु १८ जना घाइते भएका थिए । प्रवक्ता मयौतले मङ्गलबार भएको झडपका क्रममा अरु झण्डै तीन हजार जना लुटिएको पनि जानकारी दिए । “मङ्गलबार विहान सुरु भएको झडप राति अवेरसम्म चलेको थियो,” उनले भने ।


दक्षिण सुडानमा लामो समयदेखि साम्प्रदायिक झडपहरू हुने गरेका छन् । उनीहरूको भिडन्तका क्रममा सयौँ मारिएका छन् भने त्यो भन्दा धेरै घाइते भएका छन् । त्यसैगरी अरु धेरै जना लुटिएको अधिकारीहरूले जनाएका छन् ।

प्रकाशित : जेष्ठ १६, २०७६ २०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?