कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

श्रीलंकामा विस्फोट घटना : अमारासँग सरकारले माग्यो क्षमा

एजेन्सी

कोलम्बो — श्रीलंकाली सरकार र प्रहरीले अमारा मजिदलाई गल्तीले कोलम्बोमा भएको आत्मघाती विस्फोटमा संलग्न रहेको भनिएको इस्लामिक स्टेट (आईएस) सम्बद्ध भनेकोमा क्षमायचाना मागेको छ । 

श्रीलंकामा विस्फोट घटना : अमारासँग सरकारले माग्यो क्षमा

गल्तीले त्यसो भनिएको जनाउँदै सरकारले प्रहरीले क्षमा मागेको हो । अमेरिकास्थित ब्राउन युनिभर्सिटीकी विद्यार्थी अमारामाथि संदिग्ध आरोप लगाएपछि श्रीलंका विस्फोटमा संलग्नहरूको पत्ता लगाउन सरकार र प्रहरी चुकेको पुष्टि हुन्छ ।


श्रीलंका घटनामा प्रहरीले एकपछि अर्को गल्ती गर्दै आएको छ । त्यसको व्यापक आलोचना पनि भइरहेको छ । श्रीलंकाली राष्ट्रपतिले प्रहरी र सेना प्रमुख घटनामा चुकेको भन्दै राजीनामा मागेको थियो । त्यसलगतै प्रमुखहरूले राजीनामासमेत दिइसकेका छन् ।


अमाराको बारेमा त्यहाँको सुरक्षा निकायले अर्को गल्ती गर्‍यो । उनको नाम ‘वान्टेट’ सूचीमा रहेको सूचना सम्प्रेषण गरियो । यो जानकारी अमारासम्म पुगेपछि उनले ट्वीटमार्फत आफ्नो संलग्नता नरहेको प्रस्ट्याइन् । बिहीबार ट्वीट गरिन्, ‘आज बिहान मलाई थाहा भयो कि श्रीलंका सरकारले गलत तरिकाले आइतबार झएको आक्रमणमा इस्लामिक स्टेटसँग सम्बद्ध रहेको संदिग्ध आत्रमणकारीका रूपमा मेरो पहिचान गरेको छ । कस्तो बिहानी रहृयो यो ।’


अमेरिकामा बसोबास गर्ने उनी ‘द फरेनर्स’ पुस्तककी लेखिका पनि हुन् । यो पुस्तक विश्वभर मुस्लिमका लागि व्याप्त ‘स्टिरियोटाइप’ (मुस्लिमहरूलाई एउटै ढाँचा र छविमा फिट भएको मानसिकता) तोड्ने विषयमा केन्द्रित छ । यो किताबकै आधारमा आफूमाथि लगाइएको लान्छनाबाट उनी अत्यन्तै दुःखित र आक्रोशितसमेत बन्न पुगिन् ।


उनले लेखेकी छन्, ‘यो आरोप पूर्णतः झूटो र गलत हो । म स्पष्ट शब्दहरूमा भन्छु, हाम्रो समुदायलाई पहिलेदेखि नै कडा निगरानीसँग जुझ्नु परिरहेको छ । मलाई थप झूटो आरोप र जाँचको आवश्यकता छैन । कृपया मलाई यो भयानक आक्रमणसँग जोड्न बन्द गर्नुस् । अगामी दिनहरूमा यस्तो सूचना सम्प्रेषण गर्नुअघि धेरै मिहिनेत गर्नुहोला किनभने यसबाट कसैको परिवार र समुदाय निर्मम रूपमा पीडित हुन सक्छन् ।’


अमाराको यो ट्वीटपछि श्रीलंकाली प्रहरीले एउटा वक्तव्य जारी गर्दै उनको फोटोसहित आफ्नो गल्तीका लागि क्षमायाचना गर्दै भनेको छ, ‘यो तस्बिरमा देखिएकी महिला खोजी (वान्टेट) मा छैनन् ।’ ‘द हिजाब प्रोजेक्ट’ को सुरु गरेपछि अमारा १६ वर्ष उमेरमै चर्चामा आएकी हुन् । यो परियोजनामार्फत उनले मुस्लिम र गैरमुस्लिम महिलालाई हिजाब (बुर्का) लगाउने र यसको अनुभवबारे सामाजिक सञ्जालमा सेयर गर्न अनुरोध गरेकी थिइन् ।


उनी साहसी र निर्भय एक्टिभिस्ट हुन् । अमेरिकामा डोनाल्ड ट्रम्पको चुनावी अभियानका ताकाका उनले ट्रम्पलाई खुलापत्रसमेत लेखेकी थिइन् । ‘मैले आफ्नो जीवनको मिसन तपाईंजस्तो व्यक्तिले फैलाएको घृणाहरूलाई समाप्त पार्ने र मुस्लिमसँग जोडिएका गलत धारणाहरूलाई ठाडो चुनौती दिनेलाई बनाएकी छु,’ अमाराको पत्रमा उल्लेख छ ।


सुरक्षा कारबाहीमा १५ मारिए

कोलम्बो (एएफपी)– श्रीलंकाको पूर्वी क्षेक्र काल्मुनाईमा सुरक्षा कारबाहीमा १५ जना मारिएका छन् । कारबाहीमा मारिएकाहरूका ५ बालबालिका र तीन महिलासमेत छन् । सुरक्षा निकायले गरेको सुरक्षा कारबाहीका त्रममा श्रीलंकामा १५ जना मारिएका छन् ।


शंकास्फद व्यक्ति लुकेर बसेको सूचना आधारमा सुरक्षाकर्मीले घेरा हालेर आत्रमण सुरु गरेपछि दोहोरो भिडन्त भएको थियो । मृत्यु भएकाहरूमा जिहादी पनि रहेको जनाइएको छ । प्रहरीका अनुसार आक्रमणकारीले आत्मघाती विस्फोट गराएका थिए ।

प्रकाशित : वैशाख १५, २०७६ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?