कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोलम्बोस्थित एक होटलमा पुन: विस्फोट, राजधानीमा अनिश्चितकालीन कर्फ्यू, सामाजिक सञ्जाल चलाउन रोक

रोयटर्स

श्रीलंकाको राजधानी कोलम्बोमा दिउँसो पुन: बम बिस्फोट भएको छ । आइतबार बिहान ३ वटा चर्च र ३ वटा होटलमा श्रृंखलावद्ध बम बिस्फोट भएसँगै १४० जनाको ज्यान गएको राजधानी कोलम्बोस्थित राष्ट्रिय चिडियाघर नजिक देहीवाल भन्ने स्थानमा रहेको होटलमा अर्को बिस्फोट भएको हो ।

कोलम्बोस्थित एक होटलमा पुन: विस्फोट, राजधानीमा अनिश्चितकालीन कर्फ्यू, सामाजिक सञ्जाल चलाउन रोक

उक्त स्थानमा पनि केही हताहत भएको स्थानीय संचार माध्यमले जनाएको छ ।


दिउँसो पुन: विस्फोट भएपछि राजधानी कोलम्बोमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ ।

साथै सरकारले प्रमुख सामाजिक सञ्जालको प्रयोगमा समेत रोक लगाएको छ ।

यो पनि पढ्नुहोस् : कोलम्बोस्थित ३ चर्च र ३ होटलमा बिस्फोट, मृत्यु हुनेको संख्या १३८ पुग्यो, ४ सय बढी घाइते [अपडेट]

प्रकाशित : वैशाख ८, २०७६ १५:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?