कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतमा भीषण हावाहुरी कम्तीमा ७८ को मृत्यु

एजेन्सी

नयाँदिल्ली — भारतका विभिन्न राज्यमा आएको भीषण आँधी र चट्याङले बुधबार कम्तीमा ७८ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी राजस्थान र उत्तर प्रदेश प्रभावित भएका छन् ।

स्थानीय सञ्चार माध्यमका अनुसार राजस्थानमा चट्याङले चार बालबालिकासहित ११ को ज्यान गएको छ । भारतको गुजरात र अहमदावाद राजकोट, पटनालगायत अन्य कैयौं जिल्ला आँधीबाट प्रभावित छन् । भारतको मौसम तथा जलवायु विभागले बिहीबार देशका अधिकांश भागमा भारी वर्षा हुने अनुमान गरेको छ ।


भारतका मध्यक्षेक्रमा धूलोसहितको शत्तिशाली हावाहुरी र भारी वर्षाले तरकारी र गहुँ खेतीमा क्षति पुगेको छ । मध्य प्रदेश र राजस्थानका विभिन्न भागमा भएको जनधनको क्षतिप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यत्त गरेका छन् ।


ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहतस्वरूप २ लाख र घाइतेलाई ५० हजार भारु तत्काल दिने घोषणा गरेका छन् ।गत वर्षको वैशाख २० मा पनि यस्तै शक्तिशाली हावाहुरीले राजस्थान र उत्तरप्रदेशमा सय जनाभन्दा बढीले ज्यान गुमाएका थिए ।

प्रकाशित : वैशाख ५, २०७६ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?