कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इजरायलमा नेतन्याहुको दल विजयी 

एएफपी

जेरुसेलम — इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको दल लिकुड पार्टी विजयी भएको छ । पार्टीले सबैभन्दा बढी स्थानमा जीत हासिल सँगै नेतन्याहु पाँचौंपटक प्रधानमन्त्री हुने सम्भावना बढेको छ । इजरायलमा सोमबार आमनिर्वाचन भएको थियो ।  

इजरायलमा नेतन्याहुको दल विजयी 

करिब ९७ प्रतिशत मतगणना भइसक्दा १२० सदस्यीय इजरायली संसद् (नेसेट) मा नेतन्याहुको लिकुड पार्टी र त्यसका सहयोगी पार्टीले ६५ स्थानमा विजय हासिल गरेका छन् । साना दलको समर्थनमा सरकार बनाउनुपर्ने अवस्था रहे पनि लिकुड पार्टीले इजरायलका अतिवादी दक्षिणपन्थी दलहरुको समर्थन प्राप्त गर्नेछ । प्रधानमन्त्री नेतन्याहुले तेलअभिभमा बुधबार आयोजित कार्यक्रममा चुनावमा जनताले अभूतपूर्व समर्थन जनाएको भन्दै आमजनतालाई धन्यवाद दिएका छन् । 'अबको सरकार दक्षिणपन्थीकै हुन्छ, तर म सबैको प्रधानमन्त्रीका रुपमा कार्य गर्नेछु ' उनले भने ।

प्रकाशित : चैत्र २७, २०७५ १९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?