कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यमनको अस्पतालमा हवाई आक्रमण, सात जनाको मृत्यु

रासस/एपी

संयुक्त राष्ट्रसंघ — यमनको उत्तरपश्चिमी इलाकामा मङ्गलबार भएको एक हवाई आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको छ । अन्य आठ जना घाइते भएको सेभ द चिन्ड्रेनले बताएको छ । किताफस्थित एक ग्रामीण अस्पतालको प्रवेशद्वारनजिकै स्थानीय समय अनुसार मङ्गलबार बिहान ९:३० बजे सो क्षेप्यास्त्र आक्रमण भएको हो । 

आक्रमणमा चार बालबालिका र दुई वयस्क र अन्य एक परिचय खुल्न नसकेका व्यक्तिको मृत्यु भएको बताइएको छ । अस्पताल खुलेको करिब आधा घण्टा पछि हवाई आक्रमण भएको जनाइएको छ । उक्त समयमा कैयौं बिरामी र कर्मचारी अस्पताल पसिरमा आइपुगेका थिए । मारिएकाहरुका एक स्वास्थ्य कार्यकर्ता, उनका दुई बालबालिका र एक जना अस्पतालका सुरक्षा गार्ड रहेका छन् ।


गत वर्ष यमनमा हरेक महिना सरदर ३७ जना बालबालिका विदेशी हवाई बम आक्रमणमा मारिएका थिए । अस्पताल जस्तो जनघनत्व बढी भएको इलाकामा आक्रमण गरी निर्दोष बालबालिका र स्वास्थ्यकर्मीको ज्यान लिनु यो एक अविवेकी र अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भएको सेफ द चिन्डेनको भनाइ छ । इरानको समर्थन रहेको हुथी विद्रोहीले कब्जामा लिएको राजधानी साना सन् २०१४ मा फिर्ता लिएपछि यमनको द्वन्द्व शुरु भएको थियो । हुथी विद्रोहीले अदेल रब्बो मन्सुर हादीको सरकारलाई ढालेको थियो ।


साउदी अरबियाआवद्ध संयुक्त सेनाले हादीको सरकारलाई अन्तर्राष्ट्रिय रुपमा नै मान्यता दिएपछि हुथी विद्रोहीहरुले सन् २०१५ बाट सरकार विरुद्ध लड्दै आएका छन् ।


प्रकाशित : चैत्र १३, २०७५ १६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?