कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

प्रधानमन्त्री कार्यालय सिंहदरबारकै पछिल्लो भागबाट अघिल्लो भागमा सारियो

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको कामको प्रकृति र गुण नयाँ ढंगबाट अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । बुधबार सिंहदरबारमा पश्चिमतर्फको (रेट्रोफिटिङ भएको) भागमा बनाइएको कार्यालयमा सरेसँगै उनले सरकारका कामकारबाही अब नयाँ ढंगबाट अघि बढाउने बताएका हुन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारकै पछिल्लो भागबाट अघिल्लो भागमा सारियो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मात्रै नसारिएको बताउँदै उनले कामको प्रकृति र गुण पनि अब नयाँ ढंगले जाने संकल्प पनि रहेको महसुस गरेको बताए ।

‘हामी प्रधानमन्त्रीको कार्यालय सिंहदरबारकै पछिल्लो भागबाट अघिल्लो भागमा सरेका छौँ । यो ठाउँ मात्रै सारिएको होइन, कामको प्रकृति र गुणपनि अब नयाँ ढंगले जाने संकल्प पनि यसभित्र रहेको महसुस गरेको छु । १२० वर्ष पुरानो यो भवनलाई त्यसको मूल संरचना जस्ताको त्यस्तै राखेर अहिले भूकम्पबाट जुन क्षति भएको थियो, त्यसको पुनःनिर्माण भएको छ,’ प्रधानमन्त्री दाहालले भने ।

प्रकाशित : मंसिर ६, २०८० १५:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×