कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

अनलाइन सुरक्षा अभियानमा विद्यार्थी

विद्या राई

काठमाडौँ — राष्ट्रिय जनगणना-२०७८ का अनुसार नेपालमा ७३ प्रतिशत अर्थात ४८ लाख ६६ हजार ८ सय ६४ परिवारमा स्मार्ट फोनको पहुँच पुगेको छ । ३७.७२ प्रतिशत अर्थात २५ लाख १४ हजार ७६८ परिवारमा इन्टरनेट सुविधा छ ।

अनलाइन सुरक्षा अभियानमा विद्यार्थी

सन् २०२३ मा विश्वभरका १५ देखि २४ बर्ष उमेर समुहका ७९ प्रतिशत बालबालिका तथा युवाहरूले अनलाइन प्लाटफर्ममा समय बिताए । यो दर सन् २०२२ को भन्दा ४ प्रतिशतले बढी हो । संसारभर हरेक आधा सेकेन्डमा एक जना बच्चा पहिलो पटक अनलाइनमा जोडिने गरेको छ ।

संयुक्त राष्ट्र संघको ‘बाल र युवाको अनलाइन सुरक्षा’ बारे अध्ययनको यो तथ्यले अनलाइन प्लाटफर्ममा बालबालिका तथा युवापुस्ताहरूको पहुँच बर्सेनि बढिरहेको देखाउँछ ।

अनलाइन प्लाटफर्ममा बालबालिका तथा युवाहरूको पहुँच वृद्धिसँगै अनलाइन हिंसा, दुर्व्यवहार, शोषणमा पर्ने वा त्यस्तो अपराध गर्न पुग्ने साथै हरेक पाँच जनामा एक जनाले विद्यालय छोड्ने जोखिमसमेत बढेको छ । यसकारण उनीहरु लक्षित अनलाइन सुरक्षा गतिविधिलाई बढावा दिनुपर्ने बहसहरू संसारभर नै चलिरहेका छन् ।

नेपालमा पनि केही युवाहरु अनलाइन सुरक्षाको अभियानमा लागेका छन् । अभियानअन्तर्गत पछिल्लो तीन वर्षमा उनीहरूले काठमाडौं उपत्यकाका १५० विद्यालय र ३० वटा समुदायमा पुगेर फेसबुक, इन्स्टाग्राम, टिकटकजस्ता सामाजिक सञ्जाल, अनलाइन प्लाटफर्म, मोबाइल, फोन, कम्प्युटरको सुरक्षित तवरले प्रयोगका लागि प्रोत्साहन गरेका छन् । ‘रेड आन्ट’ अर्थात ‘रातो कमिला’ नाम दिइएको उक्त अभियानमा मनोविज्ञान र सामाजिक कार्यमा स्नातक दोस्रो वर्ष पढ्ने १३ जना विद्यार्थीहरूले नेतृत्व गरिरहेका छन् । ११ छात्रा र २ छात्र छन् ।

रातो कमिला मेहनती र उसले टोकेको एकदमै दुख्ने खालको हुन्छ । युवाहरू पनि कमिलाजस्तै काँधमा काँध मिलाएर अभियानमा लाग्ने र अनलाइन दुर्व्यवहार तथा शोषणका आरोपितलाई पत्ता लगाएर रातो कमिलाले जसरी नै टोक्ने, सजाय गराउने भन्ने अर्थमा उक्त नाम राखेको सुनाएका छन् । अभियानमार्फत थप के-कस्ता काम गर्छन्, उनीहरूका सुझावहरू के छन्, उनीहरूबाटै सुनौं ।

प्रकाशित : माघ २३, २०८० १९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×