कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सडकमै जान्छ दैनिक सात जनाको ज्यान

काठमाडौँ — २०६७ फागुन ३ गते भएको दुर्घटनामा परेर गम्भीर घाइते भएका काँकडभिट्टा, झापाका बद्री घिमीरे त्यो कहालीग्दो क्षण सम्झिन पनि चाहँदैनन् । सम्झिउन् पनि किन, सोही दुर्घटनामा परेर उनले उपचारमा पचासौं लाख रुपैँया खर्च गर्नुपर्यो । उनी भन्छन्, ‘साथीभाइ, इष्टमित्र सबैतिर ऋण गरेर खर्च धानेको छ ।’

सडकमै जान्छ दैनिक सात जनाको ज्यान

सवारी दुर्घटनामा परेर त्यसको मुल्य बर्षौसम्म चुकाउनुपर्ने बद्री एक्लो पात्र होईनन् । बरु दैनिक दुर्घटनामा परेर धन्नले ज्यान गुमाउने सयौं जना बाँचेको खुशीमा भन्दा उपचारको खर्च र शारीरिक, मानसिक दुःखका कारण आजित छन् । प्रहरी प्रधान कार्यालयका अनुसार झन्डै दस वर्षको हारहारीमा सवारी दुर्घटनामा ५१ हजार ३ सय ५५ जना गम्भीर घाइते भए । अर्थात हरेक दिन सवारी दुर्घटनामा ४ सय ५४ जनाभन्दा धेरै गम्भीर घाइते हुन्छन् ।

घाइते हुनेहरूका अलावा सवारी दुर्घटनाले दिने मृत्युको शोक झनै डरलाग्दो छ । प्रहरीका अनुसार झन्डै दश वर्षको हाराहारीमा सवारी दुर्घटनामा परेर २४ हजार ४ सय २९ नागरिकको ज्यान गयो । यो तथ्यांकलाई हेर्दा हरेक दिन सवारी दुर्घटनामा ७ जनाभन्दा बढीको ज्यान गइरहेको देखिन्छ ।

पुस २७ गते दाङको भालुवाङनजिकै भएको बस दुर्घटनामा १२ जनाको ज्यान गयो । सोही दिन काठमाडौंको चन्द्रागिरी नगरपालिकाकाको चित्लाङमा भएको निजी सवारी दुर्घटनामा एकै परिवारका ५ जनाको ज्यान गयो । त्यसको भोलिपल्ट बाग्लुङको बुर्तिबाङबाट ढोरपाटन जाँदै गरेको जिप दुर्घटनामा २ जनाको मृत्यु भयो । यसरी दुई दिनमै सार्वजनिक भएका तीन दुर्घटनामा परेर १९ जना नागरिकको ज्यान गएपछि भौतीक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी दुर्घटनाका त्रुटिहरू पत्ता लगाउन ५ सदस्यीय कार्यदल पनि बनाएको छ । तर विगतका वर्षहरूमा पनि ठूला दुर्घटना हुँदा कार्यदल बनाउने तर त्यसबाट प्राप्त निष्कर्षको ठोस कार्यन्वयन नगर्ने गल्ती बारम्बार भइराखेको छ ।

नेपाल रोड सेफ्टी एक्सन प्लान (२०२१–२०३०) मा सन् २०१७/१८ मा भएका सवारी दुर्घटनामा ज्यान गुमाउने २ हजार ४ सय ८५ मध्ये २८ प्रतिशत पैदलयात्रीहरू रहेको उल्लेख छ । यो तथ्यांकले सवारी दुर्घटनामा ज्यान गुमाउनेहरू सवारी यात्री मात्रै नभएर पैदलयात्रीको पनि ठूलो संख्या रहेको बुझिन्छ । यो एक्सन प्लानमा पाँच वर्षको दुर्घटनाको तथ्यांकहरूको विश्लेषण गर्दा ग्रामीण सडकहरूको तुलनामा सहरी सडक र रणनीतिक सडकहरूमा दुर्घटनाको दर बढिरहेको उल्लेख गरिएको छ । अध्ययनमा अनुसार सहरी सडकको सय किलोमिटर खण्डमा ६ सय ४६ वटा सवारी दुर्घटना भए जबकि सोही दूरीमा रणनीतिक सडकमा ६३ र अन्य सामान्य सडकमा तीन मात्रै सडक दुर्घटना भए ।

प्रकाशित : माघ १५, २०८० १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×