कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

पृथ्वीनारायणकालीन ‘बर्दबाणी’ बाजाको पुनर्जन्म

काठमाडौँ — नेपाल एकीकरण क्रममा स्थापित बर्दबाणी, श्रीनाथ, कालीबहादुर, गोरख र सबुज गणमध्ये कुनै युद्ध(धावापंक्ति)को अग्रस्थानमा हिाड्ने बर्दबाणीले बजाउने चट्याङ (बज्र) ध्वनि निकाल्ने बर्दबाणीलाई इतिहासको सोध र विज्ञसागको परामर्शपछि फेरि उही स्वरूपमा तयार गरिएको संग्रहालयले जनाएको छ । जानकारका अनुसार, बर्दबाणी गण जंगबहादुर राणाको पालामा बर्दबहादुर कम्पनीका रूपमा फेरिएको थियो ।

पृथ्वीनारायणकालीन ‘बर्दबाणी’ बाजाको पुनर्जन्म

‘धादिङमा रहेका मेरा मितहजुरबा कान्टे दमाईले गोरखामा बर्दबाणी रहेकोबारे जानकारी दिएका थिए । गोरखा दरबारको पूर्वपट्टि हनुमानथानमा बज्रभैरवको मुर्ति रहेको र बज्रको अपभ्रंशमा बर्दबाणी नामकरण भएको जानकारी पाएको थिएँ,’संग्रहालयका प्रबन्धक रामप्रसाद कँडेल भन्छन्,‘बर्द भनेको चट्याङको आवाज रहेछ जुन लडाइँका लाममा लागिपर्दा सबैभन्दा अग्रपंक्तिमा रहेर बजाइने रहेछ । शत्रुलाई बाजाबाटै भयभित गराउने बर्दबाणी लोप भइसकेको अवस्थामा सोध–अनुसन्धानबाट यसलाई जीवन दिएका छौं ।’

प्रकाशित : मंसिर ६, २०८० १४:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×