कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

घरघरमा स्वास्थ्य सेवा पुर्‍याउनुपर्छ : महामन्त्री थापा

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस महामन्त्री गगन थापाले घरघरमा स्वास्थ्य सेवा पुर्‍याउनुपर्ने आवश्यकता रहेको बताएका छन् । बिहीबार काठमाडौंमा अयोाजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले बाथ रोगको जनचेतना फैलाउन सबै मिलेर लाग्नुपर्ने पनि बताए ।

घरघरमा स्वास्थ्य सेवा पुर्‍याउनुपर्छ : महामन्त्री थापा

मान्छे बिरामी भएपछि उपचार लिन आउने केन्द्र बनाउनुभन्दा घर घरमै स्वास्थ्य सेवा पुर्‍याउने हो भने अस्पताल आउनुपर्ने मानिस घट्ने पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका थापाको भनाइ छ । उनले ६०/७० लाख जति मानिसलाई बाथ रोग भएको हुनसक्ने अनुमान रहेको भन्दै यो डरलाग्दो रहेको बताए ।

‘बाथ रोगको जनचेतना फैलाउन सबै मिलेर लाग्नुपर्छ । आज हामीले डाक्टरसावको कुरा पनि सुन्यौँ । उहाँहरुको काम वर्षभर घरघरमा स्वास्थ्उ सेवा र जनचेतना फैल्याउने हो । हामीले स्वास्थ्य भनेपछि मान्छे बिरामी भएपछि उपचार लिन आउने केन्द्र बनाउँछौँ । तर घरमा स्वास्थ्यको सेवा पुग्यो भने अस्पताल आउनुपर्ने मानिस घट्छन्,’ उनले भने ।

महामन्त्री थापाले घरघरमा स्वास्थ्य सेवा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का विभिन्न वडा र क्षेत्रमा गरिने बताए ।

प्रकाशित : आश्विन २५, २०८० १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×