इजरायलमा निधन भएका व्यक्तिको परिवारलाई सरकारले १० लाख दिने [मन्त्रिपरिषद्को निर्णयहरू]

काठमाडौँ — इजरायलमा हमासको आक्रमणमा परी निधन भएका व्यक्तिको परिवारलाई सरकारले प्रतिपरिवार १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले हमासको आक्रमणबाट इजरायलमा मृत्यु भएकाको परिवारलाई राहतस्वरूप रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
![इजरायलमा निधन भएका व्यक्तिको परिवारलाई सरकारले १० लाख दिने [मन्त्रिपरिषद्को निर्णयहरू]](https://assets-cdn-api.kantipurdaily.com/thumb.php?src=https://assets-cdn.kantipurdaily.com/uploads/source/news/kantipur/2023/third-party/cabinet-latest-09102023025401-1000x0.jpg&w=1000&h=0)
प्यालेस्टाइनको गाजा क्षेत्रबाट हमासले शनिबार दक्षिण इजरायलको किबुज अलुमिया भन्ने स्थानमा गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको थियो ।
प्रकाशित : आश्विन २२, २०८० १८:०६