मुलुकलाई संकटबाट जोगाउन एमाले एक्लैले बहुमत ल्याउनुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकलाई संकटबाट जोगाउनका लागि आफ्नो पार्टीले एक्लै बहुमत ल्याउनुपर्ने बताएका छन् । मंगलबार जनकपुरमा आयोजित ‘संविधान निर्माणमा सुवाष नेम्वाङको भूमिका’ विषयक विचार गोष्ठीमा वरिष्ठ उपाध्यक्ष पोखरेलले देशलाई दूरावस्थाबाट जोगाउन एमाले एक्लैले बहुमत ल्याउनुपर्ने बताएका हुन्।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![मुलुकलाई संकटबाट जोगाउन एमाले एक्लैले बहुमत ल्याउनुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल](https://i3.ytimg.com/vi/CJvk3Yo38_I/maxresdefault.jpg)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
देशको अवस्थालाई बदल्नका लागि २०८४ सालको निर्वाचनमा एक्लै बहुमत ल्याउने गरी एमालेले तयारी गरिरहेको पनि उनको दाबी छ । आगामी निर्वाचनमा बहुमत ल्याउने पार्टीको ध्येयलाई आत्मासात गर्दै एकताबद्ध भएर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई उनले आग्रह गरे ।
‘देशलाई दुरावस्थाबाट जोगाउनका लागि एमाले एक्लैले बहुमत प्राप्त गर्नुपर्छ । त्यो तयारीमा लाग्नुपर्ने जरुरी छ । त्यसका लागि एमालेले अघि सारेका विचारहरुमा तलमाथि होइन । एमालेले अघि सारेका विचारहरुमा दृढतापूर्वक उभिनुपर्यो । विचारहरू कमजोर ढंगले समाउने, विचारका पक्षमा नउभिने अनि कमजोर ढंगले त्यो विचारलाई लिने हो भने हामी पार्टी बनाउन सक्दैनौं । मिसन २०८४ पुर्याउन सक्दैनौं,’ उनले भने ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले नेता नेम्वाङलाई संविधान निर्माण र राष्ट्रिय राजनीतिमा देखिएको संकट समाधानका नेताका रूपमा चित्रण गरे । ठूलो दबाबका बीच पनि नेपालको संविधान जारी हुनुमा नेता नेम्वाङको महत्वपूर्ण योगदान रहेको उनको भनाइ थियो ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)