कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

सुन तस्करी प्रकरण : ५० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता हुने

काठमाडौँ — सुनको अवैध पैठारी अन्तरदेशीय आपराधिक संगठित सञ्जाल नै सक्रिय रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले निष्कर्ष निकालेको छ । पछिल्लो सुन तस्करीको छानबिन गर्ने क्रममा सीआईबीले यो कार्यमा नेपाली र विदेशी नागरिकहरू संलग्न रहेको उल्लेख गरेको छ ।

सुन तस्करी प्रकरण : ५० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता हुने

सीआईबीले बुधबार गरेको पत्रकार सम्मेमलनमा ६० किलोलगायतका सुन तस्करीमा यो यस्तै गिरोह संलग्न रहेको र यसमा विभिन्न भुक्तानी प्रणालीबाट कारोबार गरेको देखिएको सीआईबी अनुसन्धानमा छ ।

सीआईबीका अनुसार यस्तो संगठित अपराधको सञ्जालले क्रिप्टोकरेन्सी र एलिने, एएनटीपे, ग्लोबपे, वीनपेलगायतका डिजिटल वालेटबाट भुक्तानी भएको देखिएको छ । सुनको भुक्तानी र विदेशी मुद्राको अवैध कारोबारमा समेत यो सञ्जाल सक्रिय रहेकाले यो विषयमा नेपाल राष्ट्र बैंकसमेतको सहयोगमा थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ । पछिल्लो सुन तस्करीमा ३२ जना पक्राउ परेका छन् । १८ जना फरार छन् । फरारमध्ये १४ जना विदेशी नागरिक छन् ।

सुनको कारोबारको मुख्य डिल हङकङमा हुने गरेको र त्यहाँबाट नेपाल हुँदै बाहिर जाने गरेको सीआईबीको अनुसन्धानमा देखिएको छ । सुन बेच्ने मान्छे हङकङबाटै टुंगो हुने गरेको, किन्ने मान्छेसम्म कोडको माध्यमबाट जाने गरेको देखिएको छ । सुन पगालेर बिस्कुट आकारमा तयार गरी बेच्ने गरिएको, सुन गाल्नका लागि काठमाडौंको टोखा र लाजिम्पाटमा कारखाना नै खोलिएको सीआईबीले जनाएको छ ।

प्रकाशित : भाद्र २७, २०८० १४:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×