कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्र बैंकको निर्णयमा सरकारले हस्तक्षेप गर्दैन : अर्थमन्त्री पौडेल

काठमाडौँ — उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्र बैंकलाई अर्थमन्त्रालयले कुनै हस्तक्षेप नगर्ने स्पष्ट पारेका छन् । सोमबार ललितपुरमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको लघु, घरेलु, साना तथा मझौला उद्योग सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

राष्ट्र बैंकको निर्णयमा सरकारले हस्तक्षेप गर्दैन : अर्थमन्त्री पौडेल

‘राष्ट्र बैंक आफैं स्वायत्त कानुनको आधारमा सञ्चालित स्वायत्त संस्था हो । त्यसले आफ्ना विषयमा स्वतन्त्र निर्णय गर्ने अधिकार राख्छ’ उनले भने ‘राष्ट्र बैंकलाई अर्थ मन्त्रालयले कुनै हिसावले हस्तक्षेप गर्दैन ।’ अर्थमन्त्री पौडेलले बैंकहरुको ब्याजदर कम हुँदै गएकाले अझै घट्नुपर्नेमा जोड दिए । ‘ब्याजदर महँगो भयो भन्ने चर्चा छ, ब्याजदर कुनै न कुनै रुपमा मुद्रास्फितिसँग जोडिएको छ, त्यसैले हामीले मुद्रास्फितिलाई नियन्त्रण गर्दै महँगो ब्याजदरलाई पनि सीमाभित्र राख्नका लागि पहल गर्नुपर्छ भन्ने वर्तमान सरकारको सोच हो’ उनले भने ‘यो प्रक्रियाले अलिकति तीब्रता लियोस्, वाञ्छित सीमा भित्र कायम हुन सकोस् र मेरा प्रयासहरु त्यसमा केन्द्रित हुनेछन् ।’

अर्थमन्त्री पौडेलले लघु तथा घरेलु, साना र मझौला उद्योगको क्षेत्रलाई प्रवर्द्धन गर्ने र यस क्षेत्रका समस्या समाधानका लागि सार्थक उपाय खोज्नुपर्ने बताए । यो सरकार कुनैपनि नीति बनाउँदा र निर्णय गर्दा सम्बन्धित क्षेत्रसँग छलफल गरेर मात्रै निर्णय गर्ने पक्षमा रहेको उनको भनाइ छ ।


प्रकाशित : माघ ९, २०७९ १५:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?