रिहानको लडाइँ जारी छ !

स्वरूप आचार्य

काठमाडौँ — यही शनिबार १२ गते रिहान न्यौपाने १८ महिना पुगेर १९ महिना टेक्दैछन् । समयको हिसाबले डेढ वर्ष धेरै लामो समय होइन । तर, उनले जन्मिएदेखि पाएको दुःखको लेखाजोखा गर्ने हो भने हरेक पल उनका लागि वर्ष बराबर छ र हरेक वर्ष युग ।

०७५ साल असार १२ गते मंगलबार उच्च प्रविधियुक्त ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा जन्मिएका रिहान चिकित्सक तथा अस्पताल व्यवस्थापनले गरेको लापरबाहीको सिकार एक अबोध बालक हुन् ।

चिकित्सा क्षेत्रमा अस्पताल तथा उपचारमा संलग्न डाक्टरले गरेको त्रुटि सामान्य भए पनि त्यसबाट बढ्दै गएको समस्याले जुन अवस्थामा उनी पुगेका छन् त्यो कारुणिक र दर्दनाक छ ।


यो पनि पढ्नुहोस्ः

रिहानको लडाइँ जारी छ ! [भिडियोसहित]

प्रकाशित : पुस १०, २०७६ १६:१९
प्रतिक्रिया
पठाउनुहोस्

बुहारीको हत्या गर्ने पक्राउ 

कान्तिपुर संवाददाता

जनकपुर — आफ्नै भाइ बुहारीको हत्या गर्ने जनकपुर उप–महानगरपालिका–२१ कूर्थाका अन्दाजी ४५ वर्षीय श्रीप्रसाद पंजियारलाई जिल्ला प्रहरी कार्यालय धनुषाले घटना घटाएको १४ घन्टा नबित्दै पक्राउ गरेको छ ।

बुधवार अपरान्ह सवा दुई बजे श्रीप्रसादले आफ्नै भाइ मिश्रीप्रसाद पंजियारकी ४० वर्षीया श्रीमती रानी देवी पंजियारलाई धारिलो हतियार प्रयोग गरी सख्त घाइते बनाएका थिए । टाउको र नाकमा गम्भीर घाउ लागेको तथा तीनवटा औंलासमेत काटिएको अवस्थामा रानीलाई स्थानीयबासीहरुले मिथिला नगरपालिका–९ बडहरीस्थित रेडक्रस सोसाइटी अगाडीको आँपको बगैंचामा छटपटाई रहेको अवस्थामा देखेर प्रहरीलाई खबर गरेका थिए ।

घाइते रानीलाई प्रहरीले सुरुमा नजिककै लालगढस्थित मोडेल अस्पतालमा र पछि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गराएका थिए । पछि उपचारकै क्रममा उनको मृत्यु भएको थियो ।

प्रहरी उपरीक्षक रमेश बस्नेतका अनुसार घाइते रानीले आफूलाई आफ्नै जेठाजुले धारिलो हतियारले काटेको जानकारी गराएकी थिइन् ।

मृतक रानीका श्रीमान् मिश्री पंजियार वैदेशिक रोजगारीमा छन् । प्रहरी उपरीक्षक बस्नेतका अनुसार आर्थिक लेन देन तथा घर जग्गाको विवादका कारण भाइ बुहारीको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको बताए ।

प्रकाशित : पुस १०, २०७६ १६:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×