नेपाल भ्रमण वर्षको औपचारिक शुभारम्भ

कान्तिपुर संवाददाता

काठमाडौँ — पर्यटनलाई अर्थतन्त्रको एक प्रमुख आधार बनाउने लक्ष्यसहित सरकारले बुधबार काठमाडौंको दशरथ रंगशालासहित सातै प्रदेशबाट ‘भ्रमण वर्ष–२०२०’ अभियान शुभारम्भ गरेको छ  । विदेशी पर्यटकका लागि आगमन खुला गरिएको ६९ वर्षयता नेपालले घोषणा गरेको यो तेस्रो भ्रमण वर्ष हो  ।

ZenTravel

यसअघि सन् १९९८ र २०११ मा नेपालले भ्रमण वर्षमनाएको थियो ।


‘नयाँ वर्ष २०२० को उज्यालो बिहानी र आरम्भसँगै नयाँ आशा, उत्साह, ऊर्जा र अपेक्षाका साथ नेपाल भ्रमण वर्ष–२०२० आरम्भ भएको छ,’ रंगशालामा आयोजित समारोहमा उपस्थित सबैलाई स्वागत गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भने ।

Meroghar

प्रकाशित : पुस १७, २०७६ ११:५८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

उधारोमा उखु : मालिकलाई मस्ती, किसानलाई सास्ती

ओमप्रकाश ठाकुर

(सर्लाही) — नगदे बालीको रुपमा रहेको उखु चिनी उद्योगलाई उधारोमा बेच्नुपर्ने र समयमा पैसा प्राप्त नहुने कारणले गर्दा जिल्लाको दक्षिणी क्षेत्रका किसानको बिजोग छ । दिनभरी खेतमा गोडमेल र रेखदेखमै व्यस्त रहने किसान पछिल्लो समय भुक्तानीका लागि आधाभन्दा बढी समय खर्चिरहेका छन् । 

यस क्षेत्रका किसानले भुक्तानीको माग गर्दै उद्योगमा तालाबन्दी र अनशन समेत गरे, तर पैसा भने पाएनन् । उनीहरुले स्थानीय प्रशासनलाई भुक्तानी दिलाइदिन आग्रह पनि गरे । जिल्ला प्रशासनमा दर्जनौं पटक छलफल भयो, तर समस्या समाधान भने भएन । आफूले बेचेको उखुको भुक्तानीको लागी छटपटाइरहेका किसान यसपटक भने संघीय राजधानी काठमाडौं पुगेका छन् ।

उखुको भुक्तानी नपाउँदा घर व्यवहार धान्न गाह्रो भएपछि उनीहरु संघीय राजधानी पुगेका हुन् । खेतमा मिहिनेत गर्ने किसान भुक्तानीका लागि काठमाडौंमा संघर्ष गरिरहँदा गाउँमा खेती चौपट बनेको छ । पाक्न लागेको उखु जंगली जनावरले नष्ट गरिरहेको छ ।

बुढ्यौली लागेका गोडैता नगरपालिका–९ सिसौटियाका लक्ष्मी रायलाई खेतमा लगाएको बालीको जति चिन्ता छ त्यति नै चिन्ता पैसा उठाउन काठमाडौं गएको छोरोको पनि छ । खेतको बाली जंगली जनावरले खाइदिने चिन्ता एकातर्फ छ भने अर्को तिर काठमाडौंको चिसोमा छोराको के हाल होला भनेर मन पिरलेको छ ।

उखु नगदे बाली भएकाले उनी आफैंले छोरालाई यसको खेती गर्न मनाएका थिए । तर, भुक्तानीको झमेलाका कारण उनलाई उखु खेती गर्न लगाएकोमा पछुतो भइरहेको छ । ‘सिचाईंको सुविधा नभएकाले अरु बाली सप्रिन समस्या भइरहेका बेला नगदे बालीको रुपमा रहेको उखु लगाउन हौस्याएँ । नगद नै आउने भएपछि आर्थिक प्रगती हुन्छ भन्ने सोच थियो । तर उद्योगीले भुक्तानी नदिएर पुरै परिवार समस्या भोगिरहेका छौं,’ उनले भने, ‘छोरा भुक्तानीका लागि संघर्ष गर्न काठमाडौं गएको बेला जंगली जनावरले खेतमा आतंक मच्चाएको छ । म केही गर्नसक्ने अवस्थामा छैन ।’

आम्दानीको मुख्य स्रोत उखु नै भएकाले यसबाट आउने भुक्तानीले नै यस क्षेत्रका किसान परिवार पालन पोषण गर्दै आएका छन् । तर तीन वर्ष अघिदेखिको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योग र गत वर्ष बगदहस्थित महालक्ष्मी चिनी उद्योगमा बिक्री गरेको उखुको भुक्तानी नपाउँदा किसानलाई घर व्यवहार धान्न मुस्किल छ । चिनी उद्योगीले भुक्तानी नदिएपछि उखु खेतीकै लागि ऋण लिएका ब्याज तिर्न समेत किसानलाई धौ–धौ परेको छ । यो सबै समस्या समाधानको आशमा किसान यसपटक काठमाडौं पुगेका हुन् ।


धनकौलस्थित अन्नपूर्ण चिनी उद्योग
किसानहरु परिश्रमको मुल्य पर्खिंदा पर्खिंदै ऋणको बोझमा डुब्दै गएका छन् । चडवाड अथवा घरमा आपत–विपत् परेको समयमा पनि उद्योगबाट भुक्तानी नपाउँदा खर्च जुटाउन धौ–धौ परेको किसानको दुःखेसो छ । हरेक उपायबाट दबाब दिँदा पनि पैसा नउठे पनि केही किसानलाई काठमाडौं पठाएको संघर्ष समितिका संयोजक रामसोगारथ रायले बताए । उनले आफूसहित अन्य किसान सञ्चालनको तयारीमा रहेका उद्योगमा दबाब दिनकालागि जिल्लामै बसिरहेको जानकारी दिए ।

रायले भुक्तानीका लागि बिहिबार किसानहरुको बैठक डाँकेर रणनीति बनाउने योजना रहेको सुनाए । ‘किसानलाई घरव्यवहार धान्न मुस्किल परेको छ । खेती गर्दा लागेको ऋण अझै बाँकी नै छ । फाइदाको लागी उखु खेती गरेको पीडा मात्र थपियो,’ रायले भने, ‘जिल्लामा भुक्तानीका लागि अनुरोध गर्दागर्दै थाकिसक्यौं, वर्षौं अघिको भुक्तानी नपाएपछि दबाबका लागि एक टोली काठमाडौंमा छ । यहाँ मैले उद्योगमा दबाब बढाइरहेको छु ।’
नगदे बाली भनिएको उखु काट्ने बेलामा नगदमा बिक्री हुँदैन, उधारोमा चिनी मिललाई बेच्नुपर्छ । सरकारले उखुको मुल्य समयमा नतोक्ने, उद्योगीलाई नियमन नगर्ने गरेकाले उद्योगीले किसानसँग गरेको सहमति पालना गर्ने गरेका छैनन् । चिनी मिल सञ्चालन अघि किसान र उद्योगी बीचमा १५ दिनको उधारो सहमति हुने गरेको छ । तर त्यो कार्यान्वयन कहिल्यै भएको छैन । उधारोमा विक्री गरेको उखुको भुक्तानीका लागी उद्योगीले विभिन्न बहाना बनाई आलटाल गर्दै आएको किसानको आरोप छ ।

‘सरकारले समयमै उखुको मुल्य तोक्दैन, उद्योगीलाई नियमन पनि गर्दैन, सरकारी उदासिनताले मिल मालिकले भुक्तानी दिएको छैन,’ स्थानीय किसान अच्छेलाल साहले दुःखेसो पोख्दै भने, ‘उद्योगले बहाना बनाई आलटाल गर्दै गर्दा हाम्रो बिचल्ली भएको छ ।’

रामनगर गाउँपालिका–५ का रामाकान्त राय तीन वर्ष अघि डेढ विगहामा उखु खेती गरेका थिए । उनले उत्पादन गरेका ६ सय क्विन्टल उखु दुई वर्ष अघि अन्नपूर्ण चिनी उद्योगमा विक्री गरे तर भुक्तानी अहिलेसम्म पाउन सकेका छैनन् । गतवर्ष बगदहस्थित महालक्ष्मीमा पनि तीन सय क्विन्टल उखु बिक्री गरेका उनले भुक्तानी पाउन सकेनन् । भुक्तानी नपाउँदा उनलाई घर व्यवहार धान्न त मुस्किल परेको छ नै घरका सदस्य विरामी पर्दा समेत उनले समस्या खेप्नु पर्‍यो । रायकी श्रीमती विरामी पर्दा उपचार खर्चको लागि भएपनि केही रकम दिन आग्रह गरेपनि उद्योगीले नदिएको रायले बताए ।

आफूले विक्री गरेको उखुको भुक्तानी नपाएपछि तनावमा परेको रायले उपचार खर्चको व्यवस्थापन मिलाउन गाउँको साहूकोमा जाँदा कर्जा चुक्ता गर्ने श्रोत उखु खेती भएपछि साहूले पनि कर्जा दिन नमानेको उनले बताए । पछि उनले आफन्तको सहयोगमा श्रीमतीलाई उपचार गराएर घर फर्के ।

‘हामी उखु किसानलाई गाउँका साहूले समेत पत्याउन छोडेका छन् । बेला बखत साहूकोमा ऋण लिन जाँदा उखु किसान भएकै कारणले पाउँदैन,’ रायले दुःखेसो पोख्दै भने, ‘आफूले उत्पादन गरेको बालीको भुक्तानी नपाउँदा सबैले हेप्दोरहेछ ।’

सिचाईं सुविधा नभएर अरु बाली सप्रिन नसक्ने, आकाशे पानीको भरमा खेती गर्दा कहिले सुख्खा त कहिले डुवान समस्यामा परेका यहाँका किसानका लागि उखु खेती नै गर्नु पर्ने बाध्यता बन्दै आएको छ । झण्डै आठ वर्ष अघि जिल्लाको धनकौल गाउँपालिकामा अन्नपूर्ण चिनी उद्योग खुल्दा त्यस क्षेत्रका किसान हर्षित थिए ।

मिहिनेत अनुसारको मुल्य पाउनेमा विश्वस्त थिए । आनै गाउँ ठाउँमा उद्योग स्थापना भएपछि उखु बिक्री हुने र घरव्यवहार चलाउन सहज हुने अनुमान गरेका थिए । तर, उद्योगले किसानबाट उखु विक्री गरी नाफा कमाई सक्दा पनि वर्षौंदेखिको भुक्तानी दिएको छैन । गत वर्ष बगदहमा महालक्ष्मी चिनी उद्योग स्थापना भएपछि दुई उद्योगको प्रतिस्पर्धाले भुक्तानीमा पाउनेमा किसान विश्वस्त भए । तर, नयाँ स्थापना भएको उद्योगले पनि किसानको भुक्तानी नदिँदा किसानको समस्या समाधान हुन सकेन ।

पछिल्लो समय किसानले उद्योगमा बिक्रि गरेको उखुको भुक्तानीमा झमेला भएपछि चिनी मिलको विकल्पमा क्रसर उद्योग रोज्न थालेका छन् । कम मुल्य भएपनि क्रसर उद्योगले नगद दिन थालेपछि किसान यस तर्फ आकर्सित भएका हुन् ।

तीन वटा चिनी उद्योग रहेको सर्लाही मुलुकमै सबैभन्दा बढी उखु खेती हुने जिल्ला हो । यस वर्ष २६ हजार हेक्टर क्षेत्रफलमा ५० हजार भन्दा बढी किसानले उखु खेती गरेका छन् । जिल्लाको उत्तरी क्षेत्रस्थित ईन्दुशंकर चिनी उद्योगमा भुक्तानीकालागि खासै समस्या नभएपनि दक्षिणी क्षेत्रका २५ हजार भन्दा बढी किसान भुक्तानीको मार खेपिरहेका छन् ।


प्रकाशित : पुस १७, २०७६ ११:३०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×