कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नारायणहिटीभित्रको हलमा सर्वसाधारणले डकुमेन्ट्री हेर्न पाउने

काठमाडौँ — राजपरिवारले मात्र हेर्न पाउने यो हल अब सर्वासाधरणका लागि खुला हुँदैछ । दर्शकलाई राजपरिवारसँग सम्बन्धित विविध डकुमेन्ट्री देखाउने उद्देश्यले यो हल खोल्ने तयारी सुरु भएको हो । 'संरक्षणको हिसाबले खोल्ने निर्णय गरेका हौं । यहाँ भएका कुराहरु दर्शकलाई देखाउने संग्रहालयको दायित्व र कर्तव्य हो । अतिआवश्यक भएरै खोल्ने तयारीमा लागेका हौं,' संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहाल बताउँछन् । यसअघि हलमा अनावश्यक सामग्री राखिँदै थन्काइँदै आएको थियो । हल खोल्ने निर्णयसँगै हलको मर्मत सम्भार कार्य सुरु भइसकेको छ ।

नारायणहिटीभित्रको हलमा सर्वसाधारणले डकुमेन्ट्री हेर्न पाउने

नारयणहिटी दरबार संग्रहालयका प्रमुख दाहालका अनुसार हलमा राजाको राज्यरोहण, राज्यभिषेक, छोराछोरीहरुका अन्न प्रासन, व्रतबन्ध, विवाह र राजाको स्वदेश तथा विदेश भ्रमणका डकुमेन्ट्री छन् । रिलको प्रोसेसिङ सकिएपछि संग्रहालय अवलोकन गर्न आएका दर्शकलाई हलमा डकुमेन्ट्री देखाउने उद्देश्य रहेको उनले बताए ।


प्रकाशित : चैत्र १२, २०७७ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?