कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

पुनको आविष्कार केन्द्रलाई विद्यार्थीको सहयोग

काठमाडौँ — महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई विद्यार्थीले चन्दा उठाएर सहयोग गरेका छन् । चाबहिलस्थित एपेक्स लाइफ स्कुलमा कक्षा १ देखि १० सम्म पढ्दै गरेका विद्यार्थीले मंगलबार १ लाख १ हजार १ सय ५ रुपैयाँ रकम हस्तान्तरण गरेका हुन् ।

पुनको आविष्कार केन्द्रलाई विद्यार्थीको सहयोग

विद्यालयका कार्यकारी निर्देशक सुवास न्यौपानेको टोलीले कीर्तिपुरस्थित आविस र केन्द्रमा पुगेर हस्तान्तरण गरेका हुन् । ‘युवा वैज्ञानिकहरुको प्रवर्द्धन गर्छु मलाई न्यूनतम् ब्याजमा ऋण देऊ भनेर पुनको माग रहेको छ,’ कार्यकारी निर्देशक न्यौपानेले भने, ‘हामी नागरिकले पनि सुनेर मात्र होइन प्रत्यक्ष सहयोग गर्नुपर्छ भनेर जुटेका हौं ।’


विद्यालयमा अध्ययनरत ४ सय २ विद्यार्थीबाट ५५ हजार उठेको र त्यसमा विद्यालयले थप गरी आविष्कार केन्द्रलाई सहयोग गरेको हो ।

प्रकाशित : पुस १५, २०७६ १५:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×