कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सामसुङले पहिलोपटक फ्रेमलेस टिभी ल्याउँदै

काठमाडौँ — साउथ कोरियन कम्पनी सामसुङले पहिलो पटक बजारमा फ्रेमलेस टिभी लन्च गर्ने भएको छ । विश्व बजारमा विभिन्न विद्युतीय उपकरण बनाउँदै आएको सामसुङले नयाँ नयाँ प्रविधि भित्र्याउने क्रममा सन् २०२० मा फ्रेमलेश ‘एट के’ टिभी ल्याउने तयारी गरेको हो ।

सामसुङले पहिलोपटक फ्रेमलेस टिभी ल्याउँदै

लस भेगासमा २०२० जनवरी ६ मा हुने प्रविधिसम्बन्धी कन्ज्युमर इलेक्ट्रोनिक्स सो’ मा यसकाे लन्च हुने भएको छ । यो ६५ इन्च वा सोभन्दा माथिको हुनेछ । लन्च गरेपछि सामसुङले फेब्रुअरी २०२० देखि व्यमवसायिक रुपमा उत्पादन थाल्नेछ ।

फ्रेम नभएको टिभीले टिभीको साइज बढाउनेछ । साथै टिभी आर्कषक देखिनुका साथै उत्कृष्ट दृश्य देखिने बताइएको छ जर्मन साइट फोकेफिल्मले सामसुङको टिभीको तस्बिर सार्वजनिक गरेको छ

तस्बिरमा स्ट्याण्डसहित एकदम थोरै फ्रेम भएको टिभी देखिन्छ । अरु विशेषताहरु भने खुलाइएको छैन । टिभी ४ के रिजोलुसनको देखिन्छ जुन अहिलेको धेरै स्मार्ट टिभीको विशेषता हो ।

टिभीलाई 'क्यू नाइन जिरो जिरो टी' नाम दिइने बताइएको छ । उक्त प्रर्दशनी भेलामा फाइभ जी फोन, टिभी , हेडफोन, क्यामराहरु सार्वजनिक हुने बताइएको छ ।

प्रकाशित : पुस १८, २०७६ १४:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?