१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

गुगललाई १५ करोड युरो जरिवाना

प्रविधि कम्पनीका लागि हरेक देशको कानुन मान्नु जटिल काम बन्दै गएको छ  । गत साता मात्र फ्रान्सको एक सरकारी निकायले गुगललाई १५ करोड युरो जरिवाना तिराउने निर्णय गरेको छ  ।

गुगललाई १५ करोड युरो जरिवाना

फ्रान्समा प्रतिस्पर्धाको विषयमा अनुगमन गर्ने निकायले गुगलको विज्ञापन प्रस्ट नभएको भन्दै जरिवानास्वरुप यो रकम तिराउने भएको हो । फ्रान्ससहित युरोपेली देशहरुले आफ्ना छुट्टै कानुन र संयुक्त कानुन जीडीपीआरमार्फत प्रविधि कम्पनीलाई कडाइ गर्दै आएका छन् । जसका कारण प्रविधि कम्पनीहरु युरोपमा निरन्तर जरिवानामा पर्दै आएका छन् । अघिल्लो महिना मात्र ४ वर्ष अघिको आर्थिक मुद्दामा गुगलले फ्रान्सको सरकारी निकायलाई १ अर्ब युरो तिर्न सहमति जनाएको थियो ।

प्रकाशित : पुस ११, २०७६ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?