ओपो ए- सिरिज २०२० सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — स्मार्टफोन ब्राण्ड ओपोले नेपालमा ओपो ए सिरिज २०२० सार्वजनिक गरेको छ । ओपो ए सिरिज २०२० अन्तर्गत सार्वजनिक ओपो एनाइन २०२० र ओपो एफाइभ २०२० मध्यम वर्गीय स्मार्टफोन हो । उच्च गुणस्तर र मितब्ययी मूल्यको समायोजनका साथै, उत्कृष्ट फोटोग्राफी, आकर्षक डिजाइन र लामो समय टिक्ने ब्याट्रीका साथमा ए सिरिज ल्याइएको छ । 

ओपो एनाइन २०२०मा बहुउपयोगी क्वाड क्यामेरा सेटअप, ४८एमपी मुख्य क्यामेरा छ । एनाइन २०२०मा रहेको ४८एमपी प्रमुख लेन्सले उच्च रिजोलुसनका साथमा तस्विरको स्पष्टतामा सुधार दिँदै विस्तृत र गुणस्तरीय तस्बिर लिन सघाउँछ ।

एनाइन २०२०मा १६ एमपी सेल्फी क्योमरा छ र एफाइभ २०२० मा ८ एमपी सेल्फी क्यामेरा छ। १९ घण्टा लगातार प्रयोग गर्न सकिने ५ हजार एमएएच क्षमताको ब्याट्री फोनमा उपलब्ध छ । यसमा रहेको ब्याट्रीले रिभर्स चार्जिङ समेत सपोर्ट गर्छ ।

ओपो ए सिरिज २०२०मा शक्तिशाली कार्यक्षमताका लागि ८ कोर ६४ बिट प्रोसेसरका साथमा क्वालकम स्न्यापड्रागन ६६५ प्ल्याटफर्म दिइएको छ । स्न्यापड्रागन ४५० प्रयोग गरिएको पछिल्लो एसेवेनका तुलनामा एनाइन २०२०को सीपीयूमा ४० प्रतिशत सुदृढ छ भने यसको जीपीयूमा १०० प्रतिशत सुधार गरिएको छ ।

८ जीबी र्‍याम र १ सय २८ जीबी रोम सहितको ओपो एनाइन २०२०, मरिन ग्रिन र स्पेस पर्पल रंग उपलब्ध छ । । यसको बजार मूल्य ३५ हजार ९ सय ९० रुपैयाँ तोकिएको छ ।

२७ हजार ९ सय ९० रुपैयाँमा ४ जीबी र्‍याम र १ सय २८ जीबी रोम सहितको ओपो एफाइभ २०२० सेट किन्न सकिने छ ।

प्रकाशित : आश्विन १०, २०७६ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्

जनकपुरबाट १८ किलो चाँदीसहित एकजना पक्राउ*

सन्तोष सिंह

(धनुषा) — जनकपुरबाट सशस्त्र प्रहरीले १८ किलोग्राम चाँदीसहित एकजनालाई पक्राउ गरेको छ । भारततर्फ ज७प ५७७१ नम्बरको मोटरसाइकलमा चाँदी लिएर जाँदै गर्दा महोत्तरी, पिपरा गाउँपालिका–५ का ३० वर्षीय भरतकुमार साहलाई पक्राउ गरिएको सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीले बताए ।

साहलाई जनकपुर उपमहानगरपालिका–२२ बसविट्टीबाट सुनसहित पक्राउ गरीएको हो। शुक्रबार चेकिङको क्रममा साहको साथबाट ५ वटा प्लाष्टिकको पोकामा लुकाइ राखिएको १३ लाख ५० हजार मुल्य बराबरकोचाँदी बरामद भएको प्रहरी उपरीक्षक उप्रेतीले बताए।

चाँदीलिएर भारततर्फ जाँदै गरेका साहलाई पक्राउ गरी थप अनुसन्धानका लागि भन्सार कार्यालय जनकपुरमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक उप्रेतीले बताए।

सच्याइको : यसअघि प्रकाशित समाचारमा चाँदी हुनुपर्नेमा भुलवश अन्यथा हुन गएकोमा सच्याएको छ । त्रुटीका लागि हामी क्षमा प्रार्थी छौं ।

प्रकाशित : आश्विन १०, २०७६ १६:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्