कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

ओलम्पिकका प्रतिष्ठित उद्घाटन समारोह

ग्रीष्मकालीन ओलम्पिकको इतिहासमै पहिलो पटक रंगशालाबाहिर उद्घाटन समारोह हुने
एएफपी

पेरिस — पेरिस ओलम्पिकको उद्घाटन समारोह नै विशेष हुनेछ, विशेषभन्दा पनि यो सर्वथा फरक हुनेछ । उद्घाटन समारोहको सोच नै आफैंमा मौलिक र अद्वितीय रहेको छ । जुलाई २६ (शुक्रबार) हुने उद्घाटन समारोह सेन नदीमा आयोजना हुनेछ ।

ओलम्पिकका प्रतिष्ठित उद्घाटन समारोह

त्यसैले यो ओलम्पिकको इतिहासमै सबैभन्दा सम्झनलायक उद्घाटन समारोह बनाइने छ । ग्रीष्मकालीन ओलम्पिकको इतिहासमै पहिलो पटक रंगशालाबाहिर उद्घाटन समारोह हुन लागेको हो ।

फ्रान्सको सबैभन्दा प्रख्यात नदी हो, सेन । यो पेरिस भएर पूर्वबाट पश्चिमतर्फ बग्छ । उद्घाटन समारोह यसै नदीमा हुनेछ । सहभागी हुने खेलाडीको परेड डुंगामा हुनेछ र प्रत्येक देशका लागि एक डुंगा छुट्याइएको हुनेछ । यस परेडमा १० हजारभन्दा बढीको सहभागिता रहनेछ । परेड कुल ६ किलोमिटरको दूरीमा चल्नेछ । त्यस अर्थमा यो दूरीमा रहनेले उद्घाटन समारोह हेर्न सक्ने छन् ।

यसअघिका प्रतिष्ठित ओलम्पिक उद्घाटन समारोह कस्तो रह्यो त ? यसतर्फ एक नजर :

सन् १८९६ विशाल गायन

सन् १८९६ को अप्रिल ६ मा पहिलो गृष्मकालीन आधुनिक ओलम्पिक सुरु भएको थियो । यसको उद्घाटन समारोह आयोजना गरिएको थियो, प्यानाथेनिक स्टेडियममा । त्यही ओलम्पिकका लागि भनेर तयार पारिएको यस रंगशालामा ८० हजार दर्शक उपस्थित थियो । त्यसमध्ये अधिकांश पारम्परिक ग्रिक भेषभूषामा थिए । ग्रिक राजाले ओलम्पिक सुरु भएको औपचारिक घोषणा गरे । त्यस क्रममा एउटा गीत प्रस्तुत गरिएको थियो । यसका संगीतकार थिए, स्पेरिडोन सामारास । त्यसलाई १ सय ५० गायक/गायिकाले प्रस्तुत गरेका थिए ।

सन् १९३६ नाजी सलामी

सन् १९३६ को अगस्ट १ मा बर्लिनमा भएको ओलम्पिकको उद्घाटन गरेका थिए, एडोल्फ हिटलर आफैंले । त्यसक्रममा जर्मन महानतालाई बढाइचढाइ देखाइएको थियो । उद्घाटन समारोह हेर्न एक लाख दर्शक आएका थिए र तिनीहरूले हिटलरको सम्मानमा नाजी सलामी चढाएका थिए । जतिबेला खेलाडीले रंगशाला भरिएको थियो, त्यतिबेला जर्मन प्रतिनिधिले पनि नाजी सलामी गरेका थिए ।

सन् १९६४ जापानको पुनर्जन्म

दोस्रो विश्वयुद्ध समाप्तिको दुई दशकपछि नै जापानको राजधानी टोकियोले ओलम्पिक आयोजना गरेको थियो । यसक्रममा जापानले आफ्नो पुनर्जन्मका रूपमा यसलाई पेस गरेको थियो । ओलम्पिक टर्च बोक्ने काम योसिनोरी साकाई नामका खेलाडीले गरेका थिए । उनको जन्म त्यही दिन भएको थियो, जुन दिन हिरोसिमामा अणु बम खसालिएको थियो । त्यो दिन थियो, सन् १९४५ को अगस्ट ६ ।

सन् १९८४ रकेटम्यान

यो त्यो समय थियो, जतिबेला पूरा विश्वमा शीतयुद्ध आफ्नो उत्कर्षमा थियो । अमेरिकाको लस एन्जलमा आयोजित यस ओलम्पिकलाई सोभियत संघलगायत १४ पूर्वी खेमाले बहिष्कार गरेका थिए । यसै ओलम्पिकको उद्घाटन समारोहलाई अमेरिकी प्रविधि प्रस्तुत गर्ने अवसर बनाइएको थियो । त्यस अवसरमा सबैलाई आश्चर्यमा पार्दै रकेटम्यानको रूपमा बिल सुइटर उडेर आएका थिए । त्यसका लागि हाइड्रोजन शक्ति उपयोग गरिएको थियो ।

सन् १९९६ अलीद्वारा दीप प्रज्ज्वलित

सन् १९९६ को एटलान्टा ओलम्पिकमा मोहम्मद अलीद्वारा भएको दीप प्रज्ज्वलित सबैभन्दा सम्झनलायक क्षण रहेको थियो । उनी त्यतिबेला नै पार्किनसन्स रोगबाट पीडित भइसकेका थिए र कमजोर थिए । तर पनि उनले ओलम्पिक

दीप प्रज्ज्वलित गर्ने काम गरे । यससँग ओलम्पिक सुरु भएको थियो । त्यस क्षण अगाडिसम्म पनि अलीको सहभागिता गोप्य राखिएको थियो । तर जतिबेला उनलाई देखे, पूरा विश्व आश्चर्यचकित भयो । रोगकै कारण उनको हात काँपिरहेको थियो ।

सन् २००० आदिवासी प्रतिनिधित्व

सहस्र सिड्नीमा भएको थियो । त्यस अवसर ाब्दीको ओलम्पिक मा ओलम्पिक दीप प्रज्ज्वलित गर्ने काम गरिन्, आदिवासी खेलाडी क्याथी फ्रिमनले । खासमा यो अस्ट्रेलियाली आदिवासीप्रति गरिएको सम्मान थियो । त्यसको १० दिनपछि फ्रिमनले ४ समय मिटर दौडमा स्वर्ण पनि जितिन् । संयोगले यो नै उनको अन्तिम प्रमुख दौड थियो ।

सन् २००८ मा चिनियाँ विश्वशक्ति

सन् २००८ को ओलम्पिक बेइजिङको उद्घाटन समारोह बर्ड नेस्टमा आयोजना भएको थियो । यस अवसरमा चीनले भरपूर प्रविधि प्रयोग गरेको थियो । विश्वशक्तिका रूपमा आफ्नो उदयमा देखाएको थियो । यो त्यही समय थियो, जतिबेला आर्थिक क्षेत्रमा पनि चीन अगाडि बढिरहेको थियो । उद्घाटन समारोहलाई ग्रेटवालमा केन्द्रित गरिएको थियो र चीनले आफूलाई कसरी शक्तिशाली बनाएको थियो, त्यो देखाउने काम भएको थियो ।

सन् २०१२ महारानीको स्काइडाइभ

तत्कालीन महारानी एलिजावेथ द्धितीयले लन्डन ओलम्पिकको उद्घाटन समारोहमा स्काइडाइभ गरेको दृश्य देखाएको थियो । यसक्रममा उनलाई साथमा दिएका थिए जेम्स बोन्ड र कलाकार ड्यानिएल क्रेग । यो सोचको श्रेय जान्थ्यो ओस्कार विजेता निर्देशक ड्नाी बोयललाई । पूरा उद्घाटन समारोहलाई नै उनले निर्देशन गरेका थिए । त्यस अवसरमा इंग्ल्यान्डको सान रहेको नेसनल हेल्थ सर्भिसलाई मुख्य विषय बनाइएको थियो ।

प्रकाशित : श्रावण १०, २०८१ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×