कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

एघार उसु खेलाडी सिंगापुर जाने

काठमाडौँ — नेपाली जुनियर उसु टिमले सिंगापुरमा जुलाई २७ र २८ मा हुने छैटौं सिगापुर अन्तर्राष्ट्रिय उसु च्याम्पियनसिपमा भाग लिने भएको छ ।

एघार उसु खेलाडी सिंगापुर जाने

टोलीमा ५ महिला र ६ पुरुष खेलाडी रहेका छन् । खेलाडीमा हिमांशु खड्का, सफल पाठक, भवेश खड्का, समिर बस्नेत, रिदम गोले र एलिस मार्लिक छन् ।

महिलातर्फ बबिता ठाडामगर, अपेक्षा लामा, सेरिना पराजुली, फुर्पिग्याल्मो तामाङ र यञ्चेन्ला इलावा छन् । प्रशिक्षकमा विशाल थापा र अफिसियलमा नेपाल उसु महासंघका महासचिव नवराज ढुंगाना छन् ।

उनीहरूलाई बिहीबार राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्यसचिव अञ्जन धमलाले बिदाइ गरेका थिए ।

प्रकाशित : श्रावण १०, २०८१ १९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×