कान्तिपुर वेबसाईट
AdvertisementSponsored
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

लय जोगाउने लक्ष्यमा स्पेन

सन् २०१६ को युरोमा डेब्यु गरेको अल्बानियालाई स्पेनसाग जित मात्र विकल्प
रोयटर्स

डुसेलडोर्फ — प्रभावशाली स्पेनले युरोको अन्तिम १६ मा स्थान बनाइसकेको छ । तर, स्पेनले लिग चरणको आफ्नो अन्तिम खेलमा सोमबार अल्बानियाको सामना गर्नेछ र त्यस खेललाई टोलीले पक्कै पनि हल्का लिने छैन । बरू स्पेनको लक्ष्य हुनेछ, नकआउट चरणमा प्रवेश गर्दा आफ्नो लय कायम राख्ने । 

लय जोगाउने लक्ष्यमा स्पेन

प्रशिक्षक लुइस डी ला फुन्टेसामु समूह ‘बी’ को यस खेलमा एउटा विकल्प भने हुनेछ, आफ्ना केही प्रमुख खेलाडीलाई आराम दिने । तर, यही सुविधाले उनी टिमको लयमा वाधा नपुगोस् भन्ने इच्छा राख्छन् । उनी भन्छन्, ‘हामीले युरोपेली उपाधि जित्नबाट अझै धेरै टाढा छौं । हामीले खासमा केही पनि हात पार्न सकेका छैनौं ।’

उनी थप्छन्, ‘हामीले केही महत्त्वपूर्ण खेल भने जितेका छौं । हाम्रो सम्भावना बलियो मात्र भएको हो । तर फुटबल कहिलेकाहीं असाध्यै निर्दयी हुने गर्छ । त्यसैले हामीले सबै खाले सम्भावनामा ध्यान दिनुपर्छ । हामी नम्र छौं र सबैको आदर गर्छौं ।’ अल्बानियाले स्पेनको लय बिगार्न सक्ने हुनाले त्यसमा टिम सतर्क हुनुपर्ने प्रशिक्षकको विश्लेषण छ ।

यस खेलमा प्रशिक्षक डी ला फुन्टेले एक परिवर्तन गर्न बाध्य रहेका छन्, किनभने दुई पहेँलो कार्डपछि रोड्री एक खेललाई प्रतिबन्धित छन् । इटालीविरुद्धको खेलमा रेफ्रीविरुद्ध आक्रामक भएर प्रस्तुत भएपछि उनलाई कार्ड देखाइएको थियो । यो यूईएफएको नयाँ नियम हो । यी सबै अर्थमा स्पेनले केही न केही सजिलो गरिदिन्छ भनेर अल्बानियाले अपेक्षा नगरे हुन्छ ।

सन् २०१६ को युरोमा डेब्यु गरेको अल्बानियालाई स्पेनसॅग जित मात्र विकल्प छ । क्रोएसियाविरुद्धको आफ्नो अन्तिम खेलमा २–२ को बराबरीमा निकालेपछि अल्बानियाको अगाडि बढ्ने सम्भावना कायम रहेको हो । टिमका ब्राजिली प्रशिक्षक स्लेभिन्होले आफ्ना खेलाडीका आत्मविश्वास कायम राखेका छन् ।

आर्सनलका पूर्वमिडफिल्डर पनि रहेका स्लेभिन्होले भनेका छन्, ‘अल्बानियाली जनतालाई मैले वाचा दिएको छु, प्रत्येक अंकका लागि हामीले कडा प्रयास गर्नेछौं ।’

उनी थप्छन्, ‘स्पेनविरुद्धको खेल कहिले पनि सजिलो हुन्न । हामीले आफूमाथिको विश्वास पनि तोड्नुहुन्न । हाम्रो काम भनेको अहिलेको समयमा रमाउने र खुसी हुने नै हो ।’

प्रकाशित : असार १०, २०८१ ०६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×