कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

दक्षिण अफ्रिका सुपर–एटको नजिक

न्युयोर्क — हेनरिक क्लासेनको महत्त्वपूर्ण ४६ रनको मद्दतले दक्षिण अफ्रिकाले टी–ट्वान्टी विश्वकप २०२४ मा सोमबार बंगलादेशमाथि तनावपूर्ण चार रनको जित निकालेको छ । यस जितसँगै दक्षिण अफ्रिका सुपर–एट चरणको नजिक पनि पुगेको छ ।

दक्षिण अफ्रिका सुपर–एटको नजिक

उसको यो लगातार तेस्रो जित हो । पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले छ विकेटमा १ सय १३ रन मात्र बनाउन सकेको थियो । कमजोर सुरुआत लिएको दक्षिण अफ्रिकाका लागि ‘प्लेयर अफ द म्याच’ क्लासेनले ४४ बलमा दुई चौका र तीन छक्का प्रहार गरे ।

जवाफमा बंगलादेशले सात विकेटमा १ सय ९ रन मात्र बनाउन सक्यो । एक समय चार विकेट गुमाएर ९४ रनको बलियो स्थितिमा रहेको बंगलादेश जित आत्मसात् गर्न भने असफल रह्यो ।

यो नतिजापछि दक्षिण अफ्रिकाको तीन खेलबाट छ अंक भएको छ । बंगलादेश भने दुई अंकमै सीमित रह्यो । बंगलादेशको भने प्रतियोगितामा यो पहिलो हार हो ।

प्रकाशित : जेष्ठ २९, २०८१ ०७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×