कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

एस कप बास्केटबल बुधबारदेखि

काठमाडौँ — एस इन्टरनेसनल विजनेस स्कुलको आयोजनामा एस कप प्लस टु थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता बुधबारदेखि हुनेछ ।

एस कप बास्केटबल बुधबारदेखि

प्रतियोगिताको ब्वाइजमा ३२ र गर्ल्समा १२ गरी ४४ टिमको सहभागिता रहने आयोजक एसका प्रोग्राम म्यानेजर कौशलराज पौडेलले पत्रकार सम्मेलनमा जानकारी गराए ।

प्रोग्राम म्यानेजर पौडेलले युवा खेलाडीलाई खेलकुदमा आकर्षित गर्न र विद्यालयबीच आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउन प्रतियोगिता आयोजना गरिएको बताए । दुवै समूहका विजेताले १५ हजार र उपविजेताले १० हजार नगद पुरस्कार पाउने छन् । मोस्ट भ्यालुएबल प्लेयरलाई गिफ्ट भौचर प्रदान गरिने छ । तीनदिने प्रतियोगिताका खेल आयोजककै कोर्टमा खेलाइने छ ।

प्रकाशित : जेष्ठ १५, २०८१ २०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×