कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

फाइनलमा नेदरल्यान्ड्सविरुद्ध नेपालको पहिला ब्याटिङ

काठमाडौँ — नेपालले ट्वान्टी २० अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखलाको नेदरल्यान्ड्सविरुद्धको फाइनलमा पहिला ब्याटिङ गर्ने भएको छ । कप्तान रोहित पौडेलले मंगलबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेपछि नेपालले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

फाइनलमा नेदरल्यान्ड्सविरुद्ध नेपालको पहिला ब्याटिङ

नेपालले पछिल्लो खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरी फाइनलमा पुगेको थियो । सो टोलीबाट नेपालले कुनै खेलाडी परिवर्तन गरेको छैन । नेदरल्यान्ड्सले नेपालसँग खेलेको सो टोलीबाट आर्यन दत्त र नोआ क्रोसको स्थानमा फ्रेड क्लासेन र सारिज अहमदलाई खेलाएको छ ।

रोहितको कप्तानीमा नेपालको प्लेयिङ ११ बाट कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुलशन झा, करण केसी, सोमपाल कामी, प्रतिश जिसी र अविनाश बोहरा खेलिरहेका छन् ।

अफ स्पिनर दत्तको स्थानमा नेदरल्यान्ड्सले अहमदलाई खेलाएको हो । नेदरल्यान्ड्सको टोलीमा अहमद रोइल्फ भान डेर मार्वी गरि दुई देब्रेहाते स्पिनर हुनेछन् । डबल राउन्ड रोबिनको यस प्रतियोगिताको पहिलो खेलमा नेदरल्यान्ड्सले नेपाललाई २ रनले पराजित गरेको थियो । पहिलो दुई खेल जितेको नेदरल्यान्ड्स तेस्रो खेलमा नेपालसँग पराजित भएको थियो ।

आइतबार नेदरल्यान्ड्स र नामिबिया बीचको खेल वर्षाका कारण रद्ध भएपछि नामिबियाको फाइनल पुग्ने सम्भावना समाप्त भएको थियो ।

प्रकाशित : फाल्गुन २२, २०८० ११:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×