कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

पाकिस्तानी दूतावासको विजयी सुरुवात

काठमाडौँ — पाकिस्तानी दूतावासले नवौं नेपाल–पाकिस्तान मैत्री टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

पाकिस्तानी दूतावासको विजयी सुरुवात

शंखपार्कस्थित पाकिस्तानी दूतावासको मैदानमा शनिबार सुरु प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानी दूतावासले नेक्सस क्रिकेट क्लबलाई १ सय ४९ रनले हराएको हो ।

खेलमा टस जितेर ब्याटिङ गरेको पाकिस्तानी दूतावासले निर्धारित २० ओभरमा ८ विकेट गुमाई २ सय ६८ रन बनायो । अभिषेकले २५ बलमा ७३ रन र राजले २३ बलमा ६१ रन बनाए । जवाफमा नेक्सस क्रिकेट क्लबले ९ विकेट गुमाई १ सय १९ रनमात्र बनाउन सक्यो । सुरजले सर्वाधिक ३१ रन जोडे । दूतावासका खालिदले ४ ओभरमा ३ विकेट लिए ।

प्रतियोगिताको उद्घाटन नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच. हसमीले गरेका थिए । विशेष अतिथि रहेका नेपाल क्रिकेट संघ (क्यान) का पूर्वअध्यक्ष विनयराज पाण्डेले पाकिस्तानी दूतावासले लगातार रूपमा गरिरहेको क्रिकेट प्रतियोगितालाई लिएर प्रशंसा गरे । उनले यस्ता प्रतियोगिताले युवा खेलाडीको उदय हुने बताए ।

राजदूत हसमी र पाण्डेले संयुक्त रूपमा प्रतियोगिताको ट्रफी सार्वजनिक गरेका थिए ।

प्रकाशित : फाल्गुन १९, २०८० २०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×