कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

काष्ठमण्डप र नामी बास्केटबल च्याम्पियन

कान्तिपुर संवाददाता

काठमाडौँ — आयोजक काष्ठमण्डप र नामीले सोमबार सातौं काष्ठमण्डप अन्तर ए लेभल थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । काष्ठमण्डप ब्वाइज र नामी गर्ल्समा च्याम्पियन बने ।

काष्ठमण्डप र नामी बास्केटबल च्याम्पियन

घरेलु कोर्टमा ब्वाइज फाइनलतर्फ काष्ठमण्डपले ओरियन्टलाई १३–९ ले पराजित गर्‍यो । काष्ठमण्डपका अंशुल गोपालीले ११ र चिराग हमालले २ स्कोर जोडे ।

गर्ल्सको फाइनलमा नामीले बूढानीलकण्ठलाई २२–१ ले हरायो । नामीका गुरुत्सो लामाले ११, छिरिङ शेर्पाले ८ र शुभेच्छा लामाले ३ स्कोर गरे । ब्वाइजमा काष्ठमण्डपका अंशुल र गर्ल्समा नामीकी गुरुत्सो ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, काष्ठमण्डपकी संस्थापक निर्देशक एवं प्रिन्सिपल डा. शिवा थापा, काष्ठमण्डपकी निर्देशक इला पियाले पुरस्कृत गरे ।

प्रकाशित : फाल्गुन १४, २०८० १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×