कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

क्यानोइङका दुई सदस्य थाइल्यान्डतिर

काठमाडौँ — फागुन २४ देखि चैत १० सम्म थाइल्यान्डको रेयोङमा हुने १३ औं एसियाली क्यानोइङ स्लालम च्याम्पियनसिप खेल्न र आईसीएफ युवा तालिम सिविर भाग लिन नेपालका मन्जिल गुरुङ शुक्रबार त्यसतर्फ गएका छन् ।

क्यानोइङका दुई सदस्य थाइल्यान्डतिर

उनका साथमा प्रशिक्षक विष्णु गुरुङ रहेका छन् । च्याम्पियनसिपमा मन्जिलले यू–१८ र यू–२३ उमेर समूहमा प्रतिस्पर्धा गर्नेछन् । उनीहरूलाई शुक्रबार नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष तेज गुरुङ र महासचिव नीलेन्द्रराज श्रेष्ठले बिदाइ गरे । प्रशिक्षण कार्यक्रम अन्तर्राष्ट्रिय क्यानोइङ महासंघ र ओलम्पिक सोलिडारिटीअन्तर्गत हुने नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले जानकारी गराए ।

अध्यक्ष श्रेष्ठले सहभागीलाई शुभकामना दिँदै नेपालको र्‍याफ्टिङको विकासमा यस तालिम तथा प्रतियोगिताको सहभागिताले टेवा पुग्ने विश्वास व्यक्त गरे । नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ संघले हालै निर्वाचनमार्फत् राजीव श्रेष्ठको नेतृत्व पाएपछि खेललाई क्रियाशील बनाएको भन्दै एनओसी अध्यक्ष श्रेष्ठले प्रशंसा गरे ।

प्रकाशित : फाल्गुन ११, २०८० २२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×